चुनाब चिह्न अंकित टिसर्ट, टोपी, झोला बाँड्न नपाइने

काठमाडौं, २७ जेठ । राजनीतिक दल तथा उम्मेदवारले चुनाब चिह्न अंकित टिसर्ट, टोपी, झोला लगायतका सामग्रीको प्रयोग गर्न नपाउने भएका छन् ।

चुनाव प्रचारप्रसारमा चुनाब चिह्न भएको सामग्री प्रयोग आचारसंहिता विपरित भएको भन्दै निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई सेचत गराएको हो । आचारसंहिता हेर्ने निर्वाचन आयुक्त सुधीकुमार शाहको अध्यक्षतामा बसेको बैठकले यस्ता कार्यलाई रोक्न सरोकारवाला अधिकारीलाई निर्देशन  दिएको छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन गर्ने टोलीलाई त्यस्ता कार्य रोक्न निर्देशन समेत दिएको छ ।

 

Facebook Comments

Related posts

Leave a Comment