वडादशैमा च्ंगा चैट

२२ असोज, काठमाडौं ।
लोपोन्मुख अवस्थामा रहेको चङ्गा उडाउने संस्कृतिलाई निरन्तरता दिने उद्देश्यले क्लासिक डायमन्ड ज्वेलर्सले असोज २३ गते कलासिक चङ्गा चेट २०७२ आयोजना गर्ने भएको छ । क्लासिक डायमन्ड ज्वेलर्सले दशैंको अवसरमा गर्न लागेको चङ्गा चेट कार्यक्रमको यो पहिलो संस्करण हो ।
चङ्गा चेट कार्यक्रमले गत बैशाखमा गएको भूकम्पबाट अझै त्रसित बन्दै आएकाहरुको मानसिकतामा सकरात्मक प्रभाव पार्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । कलासिक चङ्गा चेट २०७२ को प्रमुख अतिथिको रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थिति रहने छ । कार्यक्रम असोज २३ गते बिहान दश बजेपछि क्लासिक डेभलपरको सातदोबाटो स्थित प्राङ्गणमा हुनेछ । कार्यक्रममा विभिन्न गायक गायिकाहरुको सांगीतिक प्रस्तुति एवम् साँस्कृतिक कार्र्यक्रम समेत रहनेछ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment