“मेरो वर्ष ; म स्वस्थ …” अभियान वर्षभरी विद्यालयमा

काठमाडौँ, १९जेठ ।
‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियान सरकारी विद्यालयमा देशव्यापी रुपमा सञ्चालन भएको छ । ” विसं २०७४ मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ” अभियानका रुपमा मनाउने घोषणा गर्दै सरकारले वैशाख २१ गतेबाट सो अभियानको प्राम्भ गरेको हो । सो अभियानलाइ वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै जोडेर स्थानीय तहसम्म लगिने योजना सरकारको रहेकोछ ।

गोरखापत्र दैनिकमा प्रकाशित समाचार अनुसार -” -“नेपालमा धूमपान र मद्यपानको अत्यधिक सेवन, खाद्य पदार्थमा विषादीको प्रयोग, वातावरणीय पक्षले समेत जनताको स्वास्थ्यमा प्रतिकूल असर पारी कडा रोगको जोखिम बढाएकाले रोकथाम र रोगको पहिचान गरी उपचारमा जान अभियानले प्रेरित गर्ने विश्वास मन्त्रालयको छ ।

ग्रामीण भेगमा ७४ प्रतिशत घरपरिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर पारिरहेको मन्त्रालयको अध्ययन छ । अभियानअन्तर्गत नयाँ वर्षमा आफ्नो स्वास्थ्यको हेरचाह गर्न “म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ पोषिलो, खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छु” भन्ने प्रतिबद्धता गर्न सरकारले जनतासँग आग्रह गरेको छ ।

वर्षभरि हुने कार्यक्रम अन्य सम्बन्धित क्षेत्र विद्यालय, उद्योगलगायतसँग पनि सहकार्य गरिनेछ । कतिले आफ्नो स्वास्थ्यको नियमित जाँच गराए भन्ने तथ्याङ्क राखी अर्को वर्ष थप सुधार गरी अघि बढ्ने मन्त्रालयको भनाइ छ । त्यस्तैगरी
अभियानलाई सफल बनाउन सरकारले निजी विद्यालयको संगठन निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) सँग समझदारी समेत गरेको छ । समझदारीपत्रमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्का र प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले हस्ताक्षर गरेका छन ।
केन्द्रका निर्देशक खड्काले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वस्थ बनाउन कम्तीमा एक निजी विद्यालयमा एकजना नर्स राख्नुपर्ने, नर्सको तालिम लगायतका विषयमा सरकारले व्यवस्थापन गर्ने, विद्यार्थीको स्वास्थ्य परीक्षण स्थानीय स्वास्थ्य संस्थाबाट सरकारले गराउने, कम्तीमा एक विद्यार्थी एक खेल अनिवार्य गर्नेलगायतका वुंदा समझदारी पत्रमा रहेको बताए ।”

Facebook Comments

Related posts

Leave a Comment