दोस्रो चरण स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, १८ जेठ– निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा स्थानीय निर्वाचन हुनेछ।

कार्यतालिका-

असार २ गते ः उम्मेद्वारको मनोनयन दर्ता तथा सूचि प्रकाशन ।

(बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म मुख्य÷निवार्चनको कार्यालयमा उम्मेद्वारको मनोनयन दर्ता र बेलुकी ५ः३० मा सुचि प्रकाशन)

असार ३ गते ः उम्मेदवारको विरोधमा उजुरी र मनोनयन पत्र जाँच

(विहान १० देखि दिउँसो १ बजे सम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउसो १ देखि मनोनयन पत्र जाँच गर्ने)

असार ४ गते ः मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता

(विहान ११ः३० सम्म मनोनयनपत्र जाँच गर्ने, विहान ११ः३० देखि १ सम्ममा नामावाली प्रकाशन, दिउसो १ देखि बेलुकी ५ बजे सम्म उममेद्वारले नाम फिर्ता लिने )

असार ५ गते ः अन्तिम नामावाली प्रकाशन र निवार्चन चिन्ह प्रदान

(विहान १० देखि ११ सम्म अन्तिम नामावाली प्रकाशन, बिहान ११ देखि बेलुकी ५ बजे सम्म निर्वाचन चिन्ह प्रदान)

असार १४ गतेः मतदान

(विहान ७ बजे देखि बेलुकी ५ बजे सम्म सम्बन्धित मतदान केन्द्रमा मतदान)

मतदान कार्य सम्पन्न भएपछि मतगणना गरी निर्वाचन परिणाम घोषणा हुने छ ।

जेठ ३१ मा हुने भनिएको दोस्रो चरणको स्थानीय निर्वाचनको मिति दोस्रो पटक परिवर्तन गरी असार १४ मा सारिएको हो।

Facebook Comments

Related posts

Leave a Comment