३५ बुँदे शर्त हाम्रो होइन : उपेन्द्र यादव

२१ असोज, काठमाडौ
सरकारसँगको वार्तामा पेश गरिएको भनिएको ३५ वुँदे शर्त आफुहरुको नभएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रष्ट पारेका छन् ।0.Still003
विहीवार काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले मधेस आन्दोलनको मुख्य माग भनेको विगतमा भएको २२ वुँदे र ८ वुँदे सहमतिको कार्यान्वयन भएको बताए । कार्यक्रममा अध्यक्ष यादवले कहिले ७ वुँदे कहिले १७ त कहिले ३५ वुँदे शर्त कहाँबाट आयो भन्ने बारेमा केही थाहा नभएको जिकिर गरेका थिए ।
अध्यक्ष यादवले विदेशीलाई अंगिकृत नागरिकता दिएर राष्ट्रपति बनाउनु पर्छ भन्ने आफुहरुको माग नभएको बताउदै सवै नेपालीले नागरिकता पाउनुपर्ने आफुहरुको माग रहेको दावी गरे । साथै अध्यक्ष यादवले मित्र राष्ट्रको झन्डा जलाउने कार्य गैर जिम्मेवारी र कसैको हितमा नभएको भन्दै दुःख व्यक्त गरेका थिए ।

Facebook Comments

Related posts

Leave a Comment