खोटाङमा समाजवादी फोरम र नयाँ शक्तिले छान्यो प्रमुख पदका उम्मेदवार (सूचिसहित)

खोटाङ, १७ जेठ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि खोटाङका दश वटै स्थानीय तहका प्रमुख पदका उम्मेदवार टुंगो लगाएको छ । स्थानीय तहको चुनावमा समाजवादी फोरम र नयाँ शक्ति नेपाल एउटै चुनाव चिन्हमा लड्दैछन् ।

प्रमुख र उपप्रमुखका उम्मेदवार
१) रुपाकोट मझुवागढी नगरपालिका
मेयर : धनकुमार राई
उपमेयर : बसन्ती राई
२) हलेसी तुवाचुङ नगरपालिका
मेयरः बच्चु राई
उपमेयर : टुंगो लगाउन बाँकी ।
३) ऐसेलुखर्क गाउँपालिका
अध्यक्ष : अगमसिंह राई
उपाध्यक्ष : गीता श्रेष्ठ
४) लामिडाँडा गाउँपालिका
अध्यक्ष : मोहन गुरुङ
उपाध्यक्ष : टुंगो लगाउन बाँकी ।
५) केपिलासगढी गाउँपालिका
अध्यक्ष : पिके खम्बू
उपाध्यक्ष : टुंगो लगाउन बाँकी ।
६) साकेला गाउँपालिका
अध्यक्ष  : सनबहादुर राई
उपाध्यक्ष : टुंगो लगाउन बाँकी ।
७) दिप्रुङ गाउँपालिका
अध्यक्ष : बृजकुमार राई
उपाध्यक्ष : टुंगो लगाउन बाँकी ।
८) जन्तेढुंगा गाउँपालिका
अध्यक्ष : देवेन्द्र श्रेष्ठ
उपाध्यक्ष : टुंगो लगाउन बाँकी ।
९) बराहपोखरी गाउँपालिका
अध्यक्ष : मोहन राई
उपाध्यक्ष : टुंगो लगाउन बाँकी ।
१०) खोटेहाङ गाउँपालिका
अध्यक्ष : इन्द्र नारथुङगे
उपाध्यक्ष : टुंगो लगाउन बाँकी ।
संघीय समाजवादी फोरम नेपाल खोटाङ जिल्ला समितिका अध्यक्ष नवीन राईले बाँकी रहेको उम्मेदवारहरु पनि चाडै टुंगो लगाइने बताए ।

माओवादीले तालमेल चाहेन
अध्यक्ष  राईले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्न खोजिएको तर माओवादीका जिल्ला तहका नेताहरुले चासो नदिएको बताए । ‘पूर्व सांसद टंक राई माओवादी केन्द्रमा प्रवेश गरेपछि जिल्लामा माओवादी बलियो भयो, अब एक्लै भिड्न सकिन्छ भन्ने उहाँहरुको बुझाइ भयो,’ उनले भने, ‘तर हिजो माओवादीले पहिचानको मुद्दामा अडान लिन सकेन, उसले भोलि पनि पहिचानको मुद्दा छोड्न सक्छ भन्ने बुझेका साथीहरु चाहिँ हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ ।’

जिल्लामा समाजवादी फोरम र नयाँ शक्ति दुवै दलबाट संयुक्त रुपमा चुनावी अभियान सुरु गरिएको राईले बताए । उनले खोटाङको दश स्थानीय तहमध्ये साकेला गाउँपालिका र केपिलास गाउँपालिकामा पार्टीको राम्रो संगठन भएकोले जीत सुनिश्चित भएको बताए । खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छन् ।

Facebook Comments

Related posts

Leave a Comment