दोस्रो चरणको चुनाव असार १४ गते

काठमाडौं, १७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ ।

यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो । प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदैछ ।

पहिलो चरणको चुनाव ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भएको थियो ।

Facebook Comments

Related posts

Leave a Comment