फिफा अध्यक्ष ब्लाटर नब्बे दिनका लागि निलम्बित

एजेन्सी ।
अन्तराष्ट्रि«य फुटबल महासंघ फिफाले अध्यक्ष सेप ब्लाटरलाई निलम्बित गरेको छ । फिफाले अस्थायी रुपमा ब्लाटरलाई ९० दिनका लागि निलम्बित गरेको हो । फिफाको अनुशासन कमिटिले ब्लाटरलाई निलम्बित गर्न सिफारिस गरेको हो ।blater
स्वीस अधिकारीले ब्लाटर विरुद्ध आपराधिक अनुसन्धान सुरु गरेकाले अनुसन्धानलाई प्रभावकारी बनाउन ब्लाटरलाई निलम्बन गर्ने निर्णय गरिएको फिफाको अनुशासन कमिटिले जनाएको छ । यसबारेको औपचारिक निर्णय आज हुने बताइएको छ ।
ब्लाटरमाथि युरोपियन फुटबल युइएफएका अध्यक्ष मिशेल प्लाटिनीसँग फिफाको हित विपरित सम्झौता गरेर रकम हिनामिना गरेको आरोप लागेको छ । तर ब्लाटर र प्लाटिनी दुवैले आरोप अस्विकार गर्दै आएका छन् । ब्लाटर सन् १९९८ देखि फिफाको अध्यक्ष रहँदै आएका छन् ।
ब्लाटर गएको मे महिनामा पाँचौं कार्यकालका लागि फिफाको अध्यक्षमा निर्वाचित भएका थिए । तर भ्रष्टाचारको आरोपमा फिफाका पदाधिकारी पक्राउ परेपछि ब्लाटरले अध्यक्ष पद छोड्ने बताएका थिए । ०००

Facebook Comments

Related posts

Leave a Comment