दोश्रो चरणको निर्वाचन सर्‍यो

१५ जेठ, काठमाडौं ।
जेठ ३१ गर्नेगरी घोषणा भएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते हुने भएको छ । अनलाइन खबर लेख्छ -“यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो ।

आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो ।

लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन् ।”

Facebook Comments

सम्बन्धित

Leave a Comment