गायिका सुमि चाम्लिङको “ए मेरो चस्मावाल ” गितको भिडियो सार्वजानिक

काठमाडौँ ,१५,जेठ
“दिक्तेल बजार कान्छा , दिक्तेल बजार” , “लसमा लस” जस्ता चर्चित गितका गायिका सुमि चाम्लिङ राइले फेरि अर्को डान्सिङ्ग गित “ए मेरो चस्मावाला “बजारमा ल्याएकिछिन । गायिका चाम्लिङ्गको उक्त गितको म्युजिक भिडियो पुतलिसडकस्थित स्टारमलमा गत आइताबार १४ गते सार्वजनिक गरिएको हो ।

डिपि खनालको रचना एवं शंकर थापा “स्माइल “को संगित रहेको उक्त गितको अरेन्जर भने उदयराज पौडेल हुन ।

चाम्लिङ्ग इन्टरटेण्टमेण्टले बजारमा ल्याएको उक्त डान्सिङ गितको म्युजिक भिडियोमा सुनिल र सन्ध्या लगायत नेपाली ठिटो डान्सिङ्ग ग्रुपले अभिनय गरेका छन् भने विकास सुवेदीले निर्देशन तथा छायांकन गरेका छन् । म्युजिक भिडियोको संपादन भने सुप्रीम पराजुलीले गरेका छन ।

Facebook Comments

Related posts

Leave a Comment