शिक्षण सिकाइको सन्दर्भमा भाषाको वर्गिकरण

–अमृत योन्जन तामाङ्ग , भाशाशास्त्री
——
शिक्षण सिकाइको सन्दर्भमा भाषाको वर्गीकरण

गत हप्ता शिक्षाशास्त्रीहरुको छलफलमा एक जना नामुद शिक्षाशास्त्रीले पहिलो भाषा दोस्रो, तेस्रो, चौथो र पाँचौ भाषाको कुरा गर्नु भयो। म त तिन छक परे। कुरा त्यस्तो होइन।

शिक्षण सिकाइको सन्दर्भमा भाषा चार प्रकारका हुन्छन्। एउटा बालकले आफ्नो आमाको काखबाट प्राप्त गरेको भाषा उसको पहिलो भाषा हो । यसलाई मातृभाषा पनि भनिन्छ । घरआंगन र परिवारमा पहिलो भाषाको प्रयोग हुन्छ। उमेर बढने क्रममा उसको परिवेश फराकिलो हुन्छ र साथीको भाषा पनि बोल्न थाल्दछ। यो उसको दोस्रो भाषा हुन्छ। परिवेशअनुसार दोस्रो भाषा एकभन्दा धेरै पनि हुन सक्छ। उच्च शिक्षा वा रोजगारीको लागि उसले आफ्नो परिवेशमा नभएका अपरिचित अङ्ग्रेजी, फ्रान्स, रसियन, चाइनिज, जापानी जस्ता भाषा पनि सिक्न सक्छ। यी विदेशी भाषाहरु हुन्। पूजापाठ वा परम्परागत ज्ञानको सन्दर्भहरुमा उसले संस्कृत, पाली, पुरानो तिब्बती जस्ता शास्त्रीय भाषासंग पनि जम्काभेट हुन्छ ।

तसर्थ एउटा मान्छेले प्राप्त गरेका वा सिकेका भाषाहरुलाई चार श्रेणीमा वर्गीकरण गर्न सकिन्छ
(१) पहिलो भाषा
(२) दोस्रो भाषा
(३) विदेशी भाषा र
(४) शास्त्रीय वा सम्पदाको भाषा ।

(१) पहिलो भाषा- घर, आँगन, परिवार र आफ्नो समाजमा प्रयोग हुन्छ। यो दैनिक घर व्यहारका साथै गाउँघरमा स्थानीय व्यापार र व्यवसायको भाषा पनि हो। गाउँघरमा अन्तर–सञ्चसार गर्दछ। बालबालिकाले यसै भाषामा प्राथमिक तहसम्मको शिक्षा ग्रहण गर्दछन् ।

(२) दोस्रो भाषा- मातृभाषा पछि जानेको वा सिकेको भाषा दोस्रो भाषा हो। दोस्रो भाषा आफ्नो सामाजिक परिवेशमा वा जीवनयापनको क्रममा सिकेका हुन्छन्। देशभित्र सरकारी कामकाजको रुपमा प्रयोग गरिने भाषा पनि दोसो भाषा हुन्छ। दोस्रो भाषा एकभन्दा धेरै हुन सक्दछ।

(३) विदेशी भाषा- सिक्ने सिकाउने सन्दर्भमा विदेशी भाषा पहिलो वा दोस्रो भाषाभन्दा फरक हुन्छ। यसलाई अन्तर्राष्ट्यि भाषा पनि भनिन्छ। अङ्ग्रेजी, फ्रेन्स, चिनी, जापानी जस्ता भाषाहरु विदेशी भाषा हुन्। अङ्ग्रेजी जस्ता विदेशी भाषामा अनुसन्धान कार्य धेरै हुन्छ। देशबाहिर रहेका विभिन्न भाषीहरुको लागि सम्पर्क भाषाको रुपमा प्रयोग हुने भाषालाई अन्तर्राष्ट्यि भाषा पनि भनिन्छ। उच्च शिक्षा वा विदेसमा अध्ययन वा रोजगारीमा वा अन्तर्राष्ट्रिय सञ्चारमा विदेशी भाषाको प्रयोग हुन्छ। दोस्रो भाषा आन्तरिक सञ्चारको लागि हुन्छ भने विदेशी भाषा अन्तर्राष्ट्रिय सञ्चारको लागि हुन्छ।

(४) शास्त्रीय वा सम्पदा भाषा- धार्मिक सम्पदा सुरक्षित रहेको भाषा शास्त्रीय भाषा (Classical language) हो भने सांस्कृतिक सम्पदाहरु सुरक्षित रहेको भाषालाई सम्पदा भाषा (Heritage language) भनिन्छ । यो भाषा जीवित वा मृत दुवै अवस्थामा हुन सक्दछ। संस्कृत, पाली, ल्याटिन, पुरानो तिब्बती आदि भाषाहरु शास्त्रीय भाषा हुन्। यी भाषाहरुमा पूर्खाले आर्जन गरेका ज्ञान विज्ञान सुरक्षित रहेका हुन्छन्। विद्यालय वा विश्व विद्यालयहरुमा शास्त्रीय भाषाको अध्ययन अनुसन्धान हुने गर्दछ । आदिेभाषाहरुमा उनीहरुको ज्ञान विज्ञान र सा‌स्कृतिस परम्परा सुरक्षित रहने हुनाले यी सम्पदा भाषा हुन्।
०००
थप
सन्दर्भ-१
तामाङ भूक्षेत्रको तामाङ भाषी ठिटोको लागि तामाङ भाषा पहिलो भाषा हो । विद्यालयमा पढने वा सरकारी कार्यालयमा बोलिने नेपाली उसको दोस्रो भाषा हो। यस्तै जनकपुरमा काम गर्ने क्रममा जानेको वा सिकेको मैथिली भाषा पनि उसको दोस्रो भाषा नै हुन्छ। कक्षा कोठामा विषेश उद्देश्यका साथ सिकेको अङ्ग्रेजी विदेसी भाषा हो। देशबाहिर अध्ययन वा रोजगारीको लागि जापानी वा कोरियन भाषा सिक्छ भने ती सवै उसको विदेसी भाषा नै हुन्छ।

सन्दर्भ-२
३४७ वर्षसम्म बेलायतले राज्य गरेको हुनाले भारतमा अङ्ग्रेजी भाषा दोस्रो भाषा हो तर नेपालको सन्दर्भमा यो विदेसी भाषा हो। नेपाली भाषीहरुको लागि हिन्दी, उर्दू वा तिव्बती भाषा पनि विदेसी भाषा नै हुन्

यसरी भाषाको वर्गीकरणमा सन्दर्भले भूमिका खेलेको हुन्छ।
०००

Facebook Comments

Related posts

Leave a Comment