वरिष्ठ साहित्यकार “सरित” प्रमोद्रराज सावित्री पाण्डे पुरस्कारबाट पुरस्कृत

काठमाडौँ , जेष्ठ १४, २०७४
प्रमोदराज-सावित्रीदेवी पाण्डे स्मृति प्रतिष्ठानले आज राजधानीमा भएको एक समारोहमा साहित्य, फेसन , खेलकुद र उड्डयन क्षेत्रका विभिन्न प्रतिभाहरुलाई सम्मानित तथा पुरस्कृत गर्यो ।
पुरस्कृत तथा सम्मानित प्रतिभाहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान तथा पुरस्कार समपॅण गनुॅभयो ।

सो समारोहमा नेपाली साहित्यमा विगत चार दशकदेखि साधनारत साहित्यकार इन्द्रकुमार श्रेष्ठ “सरित” लाई कुलपति उप्रेतीले नगद राशी दश हजारसहितको प्रमोदराज सावित्री पाण्डे साहित्य सम्मान 2074 समपॅण गनुॅभयो ।

पुरस्कार ग्रहणपछि साहित्यकार सरितले सभालाई सम्बोधनगदैॅ चार दशकको आफ्नो साहित्यिक यात्राको बारेमा प्रकाश पानुॅ भयो भने समालोचक डा.धनप्रसाद सुवेदीले साहित्यकार सरितले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको बारेमा चचाॅ गनुॅभयो ।

सोही समारोहमा फेसन डिजाइनर ज्ञानीशोभा तुलाधर, उड् डयन क्षेत्रका गंगाप्रसाद रिजाल, दधिराम निरौला, कमलप्रसाद नेउपाने र खेलकुद क्षेत्रका विनयराज पाण्डेलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरेर सम्मान गरियो । उक्त कायॅक्रममा साहित्रकार दधिराज सुवेदीले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष डा. मनीषराज पाण्डेको सभापतित्वमा भएको उक्त कायॅक्रमको सन्चालन साहित्यकार तथा प्रतिष्ठानका सचिव लक्ष्मी उप्रेतीले गनुॅभएको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment