सबैका लागि आँखा : विश्व दृष्टि दिवस

असोज २१ कठमाडौ ।
आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात विश्व दृष्टि दिवस ।

सबैका लागि आँखा स्वास्थ्य : विश्व दृष्टि दिवस
सबैका लागि आँखा स्वास्थ्य : विश्व दृष्टि दिवस

यस दिवसको अवसरमा यस वर्षको नारा सबैका लागि आँखा स्वास्थ्य तय गरिएको छ । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी यो दिवस मनाइरहेको छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओ र अन्धोपन निवारणका कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी आइएपिबीको आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ । डब्लुएचओ र आइएपिबीले सन् १९९९ को फेब्रुअरीमा संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न भिजन ट्वान्टी–ट्वान्टीः राइट टु साइट कार्यक्रम घोषणा गरेका थिए ।
कार्यक्रम अन्तर्गत आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवा र दिगोपनाको मान्यतामा रहेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । नेपालमा ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्यलाई सुधार गर्नका लागि कार्यक्रम केन्द्रित गरिएको सरकारले जनाएको छ । सरकारले सन् १९९९ नोभेम्बरमा भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागु गरेको छ । पछिल्लो तथ्यांक अनुसार नेपामा दुई लाख २० हजार जनामा कुनै न कुनै प्रकारको अन्धोपना छ ।
अन्धोपना भएका मध्ये ६६ प्रतिशतमा उपचार गर्न सकिने र १६ प्रतिशतमा उपचार गर्न नसिकने किसिमको अन्धोपना छ । अन्धोपनाको मुख्य कारण भने मोतिविन्दु र यससँग सम्बन्धित रोग रहेको चिकित्सकहरुले बताएका छन् ।

Facebook Comments

Related posts

Leave a Comment