दस मध्य पाँच स्थानिय तहमा महिला प्रमुखको उम्मेद्वारि

खोटाङ ,
नेकपा माओवादी केन्द्रले खोटाङ्गको दस मध्य पाँच स्थानिय निकायमा महिलालाई उम्मेद्वारी बनाएको छ । नेकपा माओवादी केन्द्र खोटाङका अनुसार रुपाकोट मझुवागढी नगरपालिकाको नगरपालिकामा पुर्व शभासद दुर्गाजयन्ती राई , लामिडाँडा गाउँपालिकामा डा. चेतकुमारी गुरुङ , केपिलासगढी गाउँपालिकामा मनकुमारी रसाइली , बराहपोखरी गाउँपालिकामा निशाना राई र जन्तेढुङ्गा गाउँपालिकामा अरुणा राइलाइ प्रमुखमा उम्मेद्वारी बनाएको हो ।
समानुपातिक समावेसिको सिद्दान्तलाइ तल्लोतहसम्म व्यावहारिक रुपमै स्थापित गराउन महिलाहरुलाइ उम्मेद्वारी बनाइएको माओवादि केन्द्रका हेडक्वार्टर सदस्य टंक राइले बताए । स्मरण रहोस डा.चेत कुमारी गुरुङ विकास अर्थशास्त्रबाट पि एच्डि होल्डर हुन ।

Facebook Comments

सम्बन्धित

Leave a Comment