त्रि.वि. किर्तिपुरमा किरात उभौली सम्पन्न (भिडियो)

काठमाडौं, १० जेठ । किरात राई विधार्थी संघ, त्रि.वि. ईकाई समितिको आयोजनामा बुधबार त्रिभुवान विश्वविद्यालय परिसरमा किरात उभौली साकेला भव्य रुपमा सम्पन्न भएको छ ।  किर्तिपुरमा विद्यार्थी लगायत किरातीहरु भेला भई उभौली साकेला मनाएका हुन् ।

सो कार्यक्रममा किरात राई यायोख्खा, केन्द्रिय उपाध्यक्ष टिकासरी राईले विस वर्ष पछि भएको स्थानिय तहको पहिलो चरणको निर्वाचनमा सन्तोषजनक परिणाम नआएको हुनाले अब हुने दोश्रो स्थानिय तहको निर्वाचनमा हामी (किराती) हरुले ध्यान दिनु पर्ने बताउनु भयो । त्यस्तै किरात राई विद्यार्थी संघ, त्रि.वि. ईकाई समितिका अध्यक्ष अनन्त बाहिई राईले त्रिभुवान विश्वविद्यालय परिसरमा किरात उभौली साकेलाको आयोजना त्रि.वि. इकाई समितिको नियमित कार्यक्रम रहेको बताए।

Kirat Sakela Ubhauli, Kirtipur
Kirat Sakela Ubhauli, Kirtipur

उभौली र उधौली किरातीहरुको प्रमुख सांस्कृतिक चाड हो । किराँतीहरुले भुमीलाई पुज्ने भएकोले यस पर्वलाई भुमी पुजा पनि भनिन्छ । किराँत समुदाय अन्तर्गतका याक्खा, सुनुवार, लिम्बू र राईलगायत जाति पर्छन् । उनीहरू प्रकृति पूजक भएकाले अन्नबाली छर्ने बेलामा बाढी पहिरो नआओस , अन्नबालीमा किरा फट्याङ्ग्रा नलागोस्, प्रकृतिले सहकाल देओस् भन्दै इष्ट देवतासँग पूजा र प्रार्थना गर्छन् । प्रकृतिको पूजा गर्ने, मौलिक संस्कृति झल्काउने पोसाकमा सजिएर मीठो खानेकुरा, परिकार बनाई आफन्त, छिमेकी इष्टमित्रसँग भेला भएर नाचगान गर्दै रमाउने गर्छन् ।

Facebook Comments

Related posts

Leave a Comment