बोटलर्स नेपालको प्रगति विवरणमा बदमासी

काठमाडौं, १० जेठ । बोटलर्स नेपालले तेस्रो त्रैमासको प्रगति विवरणमा लगानीकर्ताको आँखामा छारो हालेर ठुलो बदमासी गरेको छ। वित्तीय बिबरणमा उल्लेख्य सूचकहरु मध्य कै महत्त्वपूर्ण मानिने प्रति सेयर आम्दानीमा नै बोटलर्स नेपालले बदमासी गरेको छ।

बोटलर्स नेपाल लिमिटेड (बालाजु)ले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा प्रति सेयर आम्दानी २६ रुपैयाँ १० पैसा उल्लेख छ। तर उसको वित्तीय विवरणलाई अध्ययन गर्ने हो भने प्रति सेयर आम्दानी ८ रुपैयाँ ७० पैसा हुन् आउँछ। उसले जबर्जस्ति प्रति सेयर आम्दानी १७ रुपैयाँ ४० पैसा बढी देखाएको छ।

त्यस्तै बोटलर्स नेपाल (तराई) लिमिटेडले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा प्रति सेयर आम्दानी ५८९ रुपैयाँ १७ पैसा उल्लेख छ। तर उसको वित्तीय विवरणलाई अध्ययन गर्ने हो भने प्रति सेयर आम्दानी (बार्षिक) १९६ रुपैयाँ ३९ पैसा हुन् आउंछ। उसले जबरजस्ती प्रति सेयर आम्दानी ३९२ रुपैयाँ ७८ पैसा बढी देखाएको छ।

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत अधिकांश कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको आफ्नो वित्तीय अवस्था सार्वजनिक गरिसकेका छन्। जसमा केहि संस्था बाहेक अधिकांशले उल्लेख्य प्रगति गरेको प्रगति विवरण प्रस्तुत गरेका छन् ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment