खसबहुन र हामी (आदिवासी जनजाति) मा फरक

१) एकै घरका क्षेत्री बाहुन दाजुभाइ दिदीबहिनी किन फरक फरक पार्टीमा लाग्छन् वा परिवार नै राजनीतिमा लाग्छन्रु किनकि उनीहरुलाई राजनीति शक्ति हो भनेर सिकाइएको छ । हाम्रा चि फोहरि खेल रे अनि कसरी पुग्नु त शक्ति केन्द्रमा राजनीति नै नगरि ?

२) उनिहरु मताधिकार प्रयोग गर्न लालायित हुन्छन् । मेरो १ मत पनि अमुल्य छ । मैले चाहेको व्यक्ति, पार्टी जिताउन म आफैं लाग्नुपर्छ भन्ने कुरा राम्ररी था छ । हाम्रा जुन गोरु आए पनि कान चिरेको न हो भनेर कानमा तेल हालेर बस्छन् । कसले काम गरिदिन्छ ? खानु परेन, छोराछोरी पाल्नु परेन, भन्छन् अनि हामीले मन परेको मान्छे र पार्टी नहारि अरुको पार्टी हार्छ ?

३) उनीहरु चेलाचपेटा बनाउँछन् । हाम्राहरु आफैं पो लाग्नुपर्छ त । बोकेर, घिसारेर हुन्छ र भन्छन् र चाहिँदा एक्लै पर्छन् ।

४) उनीहरु राजनीतिसँगसँगै कुटनीति पनि बुझेका छन् । मित्र शत्रु र महाशत्रु चिन्छन् । समयलाई आफ्नु अनुकुल उपयोग गर्न सक्छन् । हाम्राहरु जुन पार्टीमा लागेको त्यो पार्टी मात्र बुझ्छन् । अनि फरक विचार र आस्थाकालाई गालि गर्न, कुट्न झम्टिन मात्र जान्दछन् ।

५) उनीहरु संघे शक्ति कलियुगे भनेर बुझेका छन् । हाम्रा म एक्लैले ८, ९ जना फाडिदिन्छु भन्ने मात्र जान्दछन् । था छैन ८,९ जना भन्दा बढि आए के हुन्छ ।

६) उनिहरु प्रत्येक व्यक्तिको रुचि अनुसार कुरा गर्छन् । था छ कि मनले नरुचाएको कुरा कसैले पनि जबर्जस्ती ग्रहण गर्दैन । हाम्रा खाए खा नखाए घिच भन्छन् । अर्काको रुचि प्रति चासो नै हुँदैन । अरुको मन दुख्छ भन्ने था नै हुन्न ।

७) उनिहरु सँधै समय मेरो अनुकुल हुँदैन । यसैले कसरी सुरछित रहने र आफ्ना अनुयायीहरुलाई सुरक्षा दिने रणनीति तयारी गरिरहन्छन् । हाम्रा सँधै एकै खाले समय र अबस्थाको कल्पनामा ढुक्का रहन्छन् । कसैको मतलब नै हुँदैन ।

८) उनिहरुलाई कसरी बढीभन्दा बढी माछा जालमा पार्ने भनेर ह‍‍ोमवर्क गर्छन । कागजमा उतार्छन । परमर्शदाता र जान्ने मछुवाको उपयोग गर्छन् । हाम्राहरु जानेको छु भनेर पुरानै माछा मार्ने तरिका अपनाउँछौ । तर माछा बाठा भै सके भन्ने भ्याउसम्म पाउन सक्दैनौं खोला किनार र नदि किनार बसेर । वास्तबमा हामीसँग योजनाहरु नै छैन ।

९) उनीहरुलाई मौकामा हिरा फोर्नु पर्छ भन्ने ज्ञान छ । समय र परिस्थिति आफ्नो अनुकुल बनाउन जति पनि खर्च गर्छन् । हाम्राहरु त्यसले मेरो लागि त्यति गर्नुपर्दैन । काँ छ मसँग पैसा भन्छन् । अनावश्यक ठाउँ, समय र परिस्थितिमा भने जति पनि खर्च गर्छन् । सम्झायो मेरो सम्पत्तिको मेरो खुशी जेसुकै गरौ भन्छन् ।

अनि अब हामीले आरिस गरेर भो । हामीले सिक्नु र व्यवहारमा उतार्न धेरै कुरा बाँकी छ ।

(Kaatich Ukusu को फेसबुक वालबाट)

Facebook Comments

Related posts

Leave a Comment