नेपाल आयल निगमद्वारा इन्धन आपूर्तिका लागि भारतको विकल्प खौज्दै

असोज २१, काठमाडौ ।
भारतले अघोषित रुपमा नाकावन्दी गरेपछि नेपाल आयल निगमले तेश्रो मुलुकसंग तेल किन्ने गृहकार्य शुरु गरेको छ । निगमले भारतीय कम्पनी आइओसी मौन बसेपछि सरकारी निर्देशन अनुसार विकल्पको खोजी गरेको हो ।

नाकावन्दीको प्रभाव र पृष्ठभूमिमा सिंहदरवार
नाकावन्दीको प्रभाव र पृष्ठभूमिमा सिंहदरवार

निगमले केही दिन अघि भारतीय आयल कर्पोरशनलाई आइओसीलाई पत्र लेखेर पर्याप्त तेल नदिए आफ्नो वर्षौं लामो ब्यवसायिक सम्बन्ध बिग्रने चेतावनी दिएको थियो । विकल्प खोज्ने चेतावनीसहितको पत्रबारे आईओसी मौन बसेपछि निगमले अन्य देशसँग तेल किन्ने प्रक्रिया अघि बढाउन लागेको हो ।
भारतले पेट्रोलियम पदार्थ दिन आनाकानी गरेको र नाकामा पनि अवरोध कायमै राखेपछि सरकारले विकल्प खोज्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयबारे बाणिज्य मन्त्रालयले जानकारी गराएपछि आयल निगमले बिकल्पहरुबारे छलफल थालेको निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए ।
चीनसँगको नाका पुग्ने सडक मार्ग खुलेकाले सम्भव भएसम्म चीनबाट तेल ल्याउने गरी प्रक्रिया अघि बढेको निगमले जनाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment