थारु र मधेसीबीचको भिन्नता

सन्जय चौधरी– केही दिन अगाडि डा. सीके राउतको नागरिक दैनिकमा लेख प्रकाशित भयो। जसमा थारुलाई मधेसीकरण गर्ने भरपूर्ण तथ्य पेस गरिएको थियो। ती सबै तथ्यलाई म सत्य मान्दिनँ र अन्य कोही थारुले मान्दैन पनि। त्यस लेखले मेरो मात्र हैन, मलगायत सम्पूर्ण थारुको आत्मसम्मानमा ठेस पुगायो। त्यसैले आज म आफ्नो यस लेखबाट सीके राउतलाई जवाफ दिन चाहन्छु। हुन त म अध्यन र उमेरको हिसाबले डा. राउतभन्दा धेरै कलिलो छु। तर थारु जातिको इतिहास, परमपरा, रीतिरिवाज, चालचलन, रहनसहनबारे धेरै हदसम्म जानकार छु। किनकि म यही समुदायबाट हुर्किएर यहाँसम्म आएको छु।

सुरुवात ‘मधेस’ भन्ने शब्दबाट गरौं। यो शब्द अहिले अति विवादस्पद रुपमा परिणत भएको छ। यो शब्दबाट राउतजीको लेख सुरु भएको थियो। जसले तराई शब्दलाई मधेसीकरण गरेर मधेस बनाएको छ। यो शब्दप्रति खास गरेर तराईको प्रमुख आदिवासीलगायत राजवंशी, धिमाल, दनुवार, ताजपुरिया, गन्गाई, सन्थाल, धानुक आदिको पहिचानलाई प्रत्यक्ष हस्तक्षेप गरेको छ। यी सबैको विरोधका बावजुत तराईलाई मधेस र छुटै पहिचान र अस्तिव बोकेका आदिवासीलाई जमरजस्ती मधेसी बनाएको छ। आखिर ‘मधेस’ शब्दको अर्थ के हो? ज्यादै अन्यौलमा पारेका छन् सबैलाई। मलाई लाग्छ यस शब्दको गहन अध्यन हुन जरुरी छ। तराई मधेस नै हो भने यहाँका आदिवासी जनजातिको किन यति चर्को विरोध हुन्छ? सीमाविद् बुद्धिनारायण श्रेष्ठले ‘नेपालमा मधेस छैन तर मधेसी छन्’ भनेका छन्।

जुन सत्य तथ्यपूर्ण छ। विभिन्न समयमा थारु लेखकले नै थारुको समग्र पहिचान कायम गराउने प्रयास गरे। तीमध्येमा रामानन्द सिंह थारु, तेज नारायण पंजियार, सुवोध कुमार सिंह आदिको नाम अग्रपङ्क्तिमा आउँछ। तर कतै पनि तिनीहरु थारु मधेसी हो, थारुको पहिचान मधेसी हो भनेर व्यक्त गरेका छैनन्। सबैको विचारले एउटा कुरा व्यक्त गरे कि थारुमा विविधता छ, थारुको रहनसहन पूर्वबाट पश्चिमसम्म फरक फरक छ, बोलिने भाषा फरकफरक छन् यही नै थारुको पहिचान हो। सबैले थारुको छुटै पहिचान भएको दाबी गरेका छन्। बरु मधेसी लेखकले थारुलाई मधेसीकरण खोजे भने पहाडतिरका लेखकले थारु मंगोलियन भएको दाबी गरे। तर वास्तविकता यही हो कि थारुले यी दुई कसैको पहिचानलाई स्वीकार गरेनन्। किनकि थारुलाई थाहा छ, हामी को हौं? हाम्रो पहिचान के हो? र हाम्रो आत्मले कुन पहिचानलाई स्वीकार गर्छ? तसर्थ सीके राउतले भन्दै/लेख्दैमा थारुको पहिचान मधेसी हुन सक्दैन। यसलाई कुनै थारुले कुनै पनि हालतमा स्वीकार गर्ने छैनन्।

मधेसीको परिभाषा दिनुपर्दा भारतीय मूलका मानिस जो अवैध वा कानुनीरुपमा नेपाल भित्रिएको छ। तर इतिहासले जनकपुर मिथिला क्षेत्रलाई पनि पुरानो बासिन्दाको रुपमा स्विकारेका छन्। त्यसैले मिथिलालाई यसको अपवादको रुपमा लिन सकिन्छ। यहाँको बासिन्दाले पनि आफूलाई मधेसीभन्दा पनि मिथिला बासिन्दा वा तराईवासीको रुपमा स्विकार्दा उचित ठहरिन्छ। तर, उनीहरु आफूलाई मधेसी नै स्विकार्छन् भने त्यो उनीहरुको आत्मअधिकारको कुरा हो। यसमा कसैको आपति हुँदैन। न थारुले उसको पहिचानमा कुनै हस्तक्षेप गर्नेछ। दुःखको कुरा नचाहँदा नचाहँदै मधेसीले थारुलाई मधेसी भनेर गलत दाबी गर्छन्। त्यतिमात्र हैन, तिनीहरुले मिथिलावादीलाई पनि मधेसीविरोधीको संज्ञा दिएका छन्। करिब सबै ठाउँमा यी मधेसी नामका भारतीय लेखकहरुले मैथली, अवध भाषाको सट्टा भारतको राष्ट्रिय भाषा हिन्दी अधिकतम प्रयोग गर्छन्। भारु पैसा खाएर मूल तराईवासीलाई भड्काउने कार्य गर्छन्।

तराईको कुन ठाउँको मूल भाषा हिन्दी छ? यसबाट प्रत्यक्षरुपमा मधेसीहरु भारतीय मूलका नागरिक हो भन्ने पुष्टि हुन्छ। भलै सीमा जोडिएका क्षेत्रमा केहीले हिन्दी बोलेका होलान्। यसको जनसङ्ख्या आजभन्दा सय वर्षअघि कति थिए र आज कति छन्? प्रत्येक वर्ष कति बढदैछन्? अवैधरुपमा बसेर नेपाली नागरिकताको लागि पहल गर्ने अनि विभिन्न चरणमा नागरिकता पाएपछि तराइलाई नै मधेस दाबी गर्नु कतिको उपयुक्त होला। त्यतिमात्र हैन यहाँका मधेसवादी दल तथा नेताहरुले नेपालबाट तराईलाई मधेसको नाममा टुक्र्याउने र मधेस टुक्रिएर भारतमा विलय गर्ने भन्ने अभिब्याक्ति दिइरहेको छन्। अन्य दलका नेताहरुले भने यस्तो गम्भिर कुरालाई बेवास्ता गरेर दलालीपन देखाउँदै आएका छन्।

नेपाली नेताहरुकैक कुरा गर्ने हो भने अवैधानिक तरिकाले नाकरिकता विधेयक परिवर्तन र सरलीकरण गरेर ४० लाख बढी गैर नेपालीयलाई नागरिकता वितरण गरिसकेको छ। यस्तो घातक कदमलाई सच्याएर अवैधानिक नागरिकतालाई बदर गरिनुपर्ने कुरामा जोड दिएको भने कतै पाइँदैन। यसरी तराईमा मधेसीको जनसङ्ख्या बढदै गए र हालः सुसुराबाट छोराको नाता भनेर त कहिले के बहानामा उनीहरुले नेपाली नागरिकता पाइरहेका छन्। जसका कारण थारुलगायत तराईका आदिवासी जनजातिको पहिचान संकटमा पर्न गएको छ। यी यथार्थ डाक्टर राउतजीको कुनै लेखमा पाइँदैन। तर अरु जातलाई मधेसीकरण गर्न भरपूर्ण झुटा प्रमाण जुटाएर लेख र डकुमेन्ट्री तयार गर्नुहुन्छ।

डा राउतले अर्को स्वीकारेको कुरा थारुले आफूलाई बुद्धको सन्तान दाबी गर्नु हो। यो एउटा कुराचाहिँ उहाँले सत्य  लेखेका छन्। तर थारुले आफूलाई मधेसी अस्विकार गरेकाले बुद्धलाई मधेसी भन्ने अधिकार सरिता गिरी र लेखकलाई छैन। यसको अर्थ अप्रत्यक्षरुपमा बुध्द भारतमा जन्मेको भन्ने जान्छ। यही अभिव्यक्ति दिँदा सद्‍भावनाका नेता सरीता गिरीको चौतर्फी आलोचन भएको थियो। पार्टीको नाम सद्‍भावना राख्नेी तर विचारचाहिँ कसैको भावना नबुझ्ने राख्नेई? अरुको कुरा छाडौं तराईलाई मधेस बनाउँछु भनेर थारुलगायत तराईका आदिवासी जनजातिको भावनासँग खेलवाड गरेपछि चुनावमा आफ्नो औकातअनुसार ठाउँ पाए।

थारु जाति बुद्धको सन्तान हो भन्ने कुराको पुष्टि बुद्धको जन्मस्थल लुम्बिनी र त्यहाँ वरपरको थारु बस्तीले पुष्टि गर्छ। बुद्धको जन्मथलो वरिपरि थारुकै बाहुल्यता छ। यो नै थारु बुद्धको सन्तान हो भन्ने सत्य प्रमाण हो। ई.पू. १००० वर्ष पुरानो हिन्दू ग्रन्थको अर्थव बेद हेरे पुग्छ। जहाँ नेपालको सीमानासहित देशको ब्याख्या गरिएको छ। जबकि बुद्धको जन्म ई.पू. ५३४-६६० को बीच भएको मानिन्छ। २२०० वर्ष पुरानो अशोक सम्राटको अशोक स्तम्भ मा ‘यो बुद्धको जन्मभूमी हो र यो नेपाल हो भनिएको छ।’
बौद्ध धर्मग्रन्थ खुदकनिकायमा बुद्ध जन्मबारे ‘बुद्ध कपिलबस्तुमा जन्मिनुपर्छ’ लेखेको छ तर मधेसमा भनेको छैन।

मधेसीको अर्थ माथि नै भनिसकेकाले भन्न जरुरी छैन। मज्झिम देशको इतिहासलाई मधेसको इतिहाससँग कदापि तुलना गर्न मिल्दैन। यदि तुलना नै गर्ने हो भने इतिहासमा मज्झिम देशको ठाउँमा मधेस लेखिनुपर्थ्यो। तर त्यो कतै लेखेको छैन। मेरो विचारमा मधेसको उत्पति तराईमा मधेसीहरु आएर भएको हो। यदि यस ठाउँमा मधेसीको इतिहास भएको भए मधेसीको जनसङ्ख्या पहिलेदेखि नै बढी हुन्थे। तर, यहाँ थारुको इतिहास परापूर्वकालदेखि नै छ। हजारौं वर्ष पहिलेको थारु राजा दाङ्गीसरणको इतिहासले र सुनसरीको थारु राजाको दरबारहरुको भग्नावेशले सर्वसत्य थारुको इतिहासलाई प्रमाणित गर्छ। केही वर्षदेखि आफ्नो जनसंङ्ख्या बढाएको मधेसीले थारु पहिचानमाथि प्रहार गर्नुको नजिता गलत हुन सक्छ भनेर जानी राख्न  जरुरी छ।

थारुको उत्पतिबारे अर्को भनाई राजपुतबाट भएको छ भनि ईश्वर बरालले व्यक्त गरेको कुरा डा. राउतको लेखमा व्यक्त गरिएको छ। त्यसमा थारुहरु क्षेत्रीय भएको कुरा पनि समावेश गरिएको छ। अब यसको यर्थातमा जाउँ। थारुको अर्को नाम सहनसिलता, सोझोपन, इमान्दारिता आदि हो। यो नै समग्र थारुमा पाइने विशेषता हो। जसले गर्दा थारु आज समाजिकरुपमा पछाडि परेका छन्। थारुले सबैको अन्याय सहे। उनीहरुको सोझोपनको फाइदा उठाएर मधेसी र पहाडी समुदायले थारुमाथि राज गरे। तर क्षेत्रीयको अर्थ लडाइँमा बलवान बुझिन्छ। जसको बौद्धिक क्षमताबाट युद्ध लड्ने कुरामा अगाडि हुने कुरा बुझाउँछ। यो गुण थारुमा पाउन मुस्किल छ। थारु जाति लडाइँ र झगडा मन नपराउने शान्तीप्रेमी हुन्छ। त्यसैले त बुद्ध र थारुको विशेषतामा समानता छ।

त्यसैले थारु मूलरुपमा क्षेत्रीय हो भन्ने कुरा स्वीकार्य छैन। सायद यो विशेषता थारुमा भएको भए आज तराईविरुद्ध बोल्ने कोही हुँदैन्थे। जसरी ब्रहमानवादीहरुले जसरी देश चलाए पनि बेचे पनि कसैले बोल्न सक्दैनन्। तसर्थ अन्य समुदायकाले लेखकवर्गले थारुको इतिहासलाई आफ्नो स्वार्थअनुसार लेख्नेच गर्छन्। तर वास्तविक थारुको इतिहास थारुबाहेक अरुले जानेको छैन। जानेकाले पनि अन्जान बनेर तथ्यलाई गलत तरिकाले प्रस्तुत गरेर थारुको इतिहासलाई अतिरञ्जित गरेका छन्। तीमध्येमा डा. राउतको नाम अग्रपंक्तिमा लिन सकिन्छ। जसले थारुको इतिहासलाई तरोडमरोड गरेर मधेसीकरण गर्न खोजेका छन्।

जसले जे भने पनि थारुहरु हजारौं वर्षदेखि तराईमा बस्दै आएका छन्। मधेसमा बस्दै आएको भन्नु अतिरन्जित बनाउनु हो। जब तराईमा थारुको बसोबास हुँदा मधेसी नै थिएन भने तराईलाई कसरी मधेस भन्न मिल्छ। यो जबरजस्ती प्रयोग गरिएको डा. राउतको लेखको शब्द हो। पृथिवी नारायण शाहको पनाती गिर्वाणयुध्द शाहका पालमा नेपाल अङ्ग्रेज युद्ध भयो। जसलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ।

उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाए पनि बिशाल नेपालको इलाका (हालः भारतको उत्तराञ्चल, हिमाञ्चल र पञ्जाबमा पर्ने केही साना पहाडी रजौटा र पूर्वमा दार्जलिङदेखी टिष्टा नदीसम्मको तराई तथा पहाडी भूभाग) ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारलाई सुगौली सन्धीअन्तर्गत सुम्पिनुपर्योा। सिक्किममाथिको अधिकार पनि त्याग्नुपर्योब। तर ब्रिटिसले नेपाललाई १८२२ मा मेचिदेखी राप्तीसम्मको तराई र प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको कार्यबाट खुसी भएर सुगौली सन्धिबाट गुमेको नेपाली भूभाग राप्तीदेखि महाकालीबीचको तराई (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६० मा फर्काएपछि वर्तमानको नेपाल बनेको हो।

डा. राउतले के बुझ्न जरुरी छ भने उक्त भूभाग भारतको उपहार नभइ नेपाली भूभाग फिर्ता पाएको हो। जुन सुगौली सन्धीबाट गुमेको थियो। यसलाई उहाँले भारतको उपहार भनेर गलत विश्लेषण गर्नुभएको छ। सुगौली सन्धीबाट गुमेका भूमिको कारण अझ थारु भारतमै रहन पुगे जसरी नेपाली जाति दार्जलिङ, आसाम, सिक्किममा छन्। यदि वास्तविक थारुको उत्पति भारतमा भएको भए थारुको जनसङ्याजा नेपालभन्दा भारतमा बढी हुनुपर्थ्यो। तर नेपालमा थारुको जनसङ्ख्या अठार लाख हुँदा भारतमा करिब दुई लाख पचास हजारको तथ्याङ्कमात्र छ। तर मधेसीको ठीक उल्टो भारतको जनसङ्ख्याभन्दा कयौं गुणा कम तराईमा छ।

अब थारुको भाषाको सन्दर्भमा डा. राउतले मानवशास्त्री क्लासकँफ र गेजको भनाईलाई समेटेका छन्। जसमा थारु भाषालाई उत्तरी भारतसँग सम्बन्धित भारोपेली भाषा भनेका छन्। थारुको भाषामा पछि आएर अरुको प्रभाव परेको भन्न सकिन्छ तर थारुले अरुको भाषा बोल्छ यो सत प्रतिशत सत्य होइन। यदि त्यसो हो भने नेपाली र हिन्दी भाषामा पनि धेरै शब्द मिलेका छन्। यहाँसम्म कि क, ख, ग,घ र अ आ इ सबै उही पढाइ हुन्छ। के नेपाली भाषा पनि हिन्दीको उपभाषा भन्ने त उसो भए? हामी सबै थारु यो कुरामा सहमत छौं कि हाम्रो थारु भाषा पूरै नेपालभरिको मात्र नभएर भारतका थारुले पनि बोल्ने गर्छन्। तर ठाउँअनुसार लवज भने नजिकको अन्य भाषासँग मिसिएको छ। यो कुरा एक जना लखनउका थारु शिवनारायण थारुले पनि मेरोसामु केही महिना अगाडि भनेका थिएर उहाँसँग भारतमा थारुको स्थितिबारे बुझ्न खोज्दा सो कुरा बताएका थिए। यसबाहेक थारुको विभिन्न कार्यक्रम हुँदा त्यहा थारु भाषाकै प्रयोग गरिन्छ।

धेरै शब्दहरु पूर्व र पश्चिमकोमा सामानता पाइन्छ। बोल्ने शैली र क्रियापदमा फरक भए पनि मूल शब्द भन्ने एउटै हो। डा. राउतकै उदाहरण लिनुपर्दा सायद उहाँ मैथली बोल्नुहुन्छ। उहाँको विचारअनुसार सप्तरी जिल्लाको थारुले मैथली बोल्छ होला। तर त्यहाँको थारु भाषा र मैथली भाषाको फरक प्रस्ट्याउन सक्छु। डा. राउतको गृह जिल्लामा र त्यसको वरिपरि रहेको थारु बस्तीमा थारु भाषा ठाडो बोलिन्छ। त्यहाँको थारु भाषामा आदर्श हुँदैन। उदाहरण तपाईँ भात खानुभयो? यसलाई सप्तरीय थारु भाषामा भन्नुपर्दा ‘तुहे भात खेल्ही’ भन्छन्। तर मैथली भाषामा ‘यहाँ भात खेल्यै यै ‘ भन्छन्। जुन कुरा राउतलाई राम्रोसँग थाहा छ। अर्को उदाहरण दिऊँ। ‘तिमीसँग कलम छ’लाई थारु भाषामा ‘तोहर सँगे कलम छौ रया’ भन्छन् तर मै मैथलीमा ‘यहाँ सँगे कलम यइछ’ भन्छन्।

यी उदाहरणले पनि थारु र अन्य भाषाबीचको फरक छुट्याउँछ। कतिपय थारुहरुको आफ्नै ठेट शब्द पनि छन्। जुन अन्य भाषासँग मेल खाँदैन। थारु भाषालाई रेडियो नेपालले पनि कार्यक्रम चलाउँदा चार भागमा बाँडेका छन्। त्यहीअनुरुप थारु भाषाका कार्यक्रम पनि चलाएका थिए। यसरी थारु भाषामा अरु भाषाको प्रवाह परेको स्विकार्न सकिन्छ तर थारु भाषा नै छैन भन्नुचाहिँ थारुमाथि अन्याय हो।

सांस्कृतिकरुपमा थारु एक धनी जाति हो। कतिपय चाडपर्व मधेसीले पनि मनाउने भएकाले थारुको चाडपर्व मधेसीको र थारु मधेसी हुन भनेर दाबी कदापि गर्न मिल्दैन। थारु र मधेसीको संस्कृतिमा केही समानता होला। तर धेरै विभिन्ता छ। नजिक र वरिपरि बसोबास गर्ने भएकाले केही समानता हुनु स्वाभाविक छ। तर डा. राउतले केही समानताको फाइदा उठाएर थारुको पूरै संस्कृतिमाथि नै धावा बोलेका छन्। समान्यतः थारुको चार्डपर्वको सुरुवात माघीबाट सुरुवात भएको मानिन्छ।

थारुले माघीलाई नर्या वर्षको रुपमा धुमधामसँग मनाउँछन्। तर मधेसीको नयाँ वर्ष हैन माघी । थारुले सकरातिलाई ठाउँ हेरेर दियाबती, सोहरिया, दियावारी र अमाओसा भनेर मनाउँछन्। यसले थारु शब्द मधेसीभन्दा फरक रहेको पुष्टि पनि गर्छ। त्यसपछि बाँकी चार्डपर्वजस्तै होली, शिरुवा, अटवारी आदि थारु र मधेसी दुबैले छुटटै आफ्नो मौलिक तरिकाले मनाउँछन्। डा. राउतले भनेजस्तो जन्म, विवाह र मृत्युमा गरिने संस्कार मधेसीसँग केही मिलेपनि धेरै फरक छन्।

वास्तविक थारु महिलाको परमपरागत पहिरन अचरा, खडगी, लेहङ्गा आदि हो भने धोतीलाई समेत थारु भाषामा धोती भनेर भनिँदैन। अझ गहनरुपमा जाने हो भने थारु महिलाले लगाउने साडीको तरिका पनि मधेसीसँग मिल्दैन। थारु भाषाअनुसार धोतीलाई थारुले अनगौछा अथवा लङ्गौटी भनेर ठाउँअनुसार प्रयोग गरिन्छ। यो कुरा बुझन डा. राउतलाई जरुरी छ। थारुको गहन अध्यन नगरी थारुको पहिचानमाथि हस्तक्षेप गरेको सुहाउँदैन।

थारु खानपिन तथा परिकारलाई हेर्ने हो भने डा. राउतले सबै कुरा मधेसीको दाबी गरेका छन्। हालः एकै ठाउँमा आएर बस्दा खाना उस्तै हुन्छ नै। तैपनि कतिपय खानाका परिकारले थारुको पहिचान जनाउँछ। जस्तै घोङङ, सितुवा, बगिया, कोखरा आदिले थारुको मुख्य पहिचान जनाउने थारु खानालाई मधेसीको विशिष्ट भन्नु जायज कुरा हैन। उदाहरणका लागि घोङीलाई लिँदा हुन्छ। थारुलाई घोङीको संज्ञा पनि दिने गरिन्छ। यसको प्रयोग थारु समुदायमा अत्यन्त गरिन्छ। त्यसैगरी मुसाको चटनी पनि थारु समुदायम प्रख्यात छ। घोङी खान त मधेसीले थारुबाट सिकेर आज कसरी आफ्नो विशिष्ट खाना परिकार बनाए। यी थारुका परिकारहरु हुन्। त्यसैगरी थारु समुदायमा एउटा प्रचलित भनाइ छ, ‘जहाँ छ थारु, त्यहाँ हुन्छ दारु’। अर्थात् थारुले दारुको प्रयोग अत्याधिक गर्छन्। यी कुराहरुले थारु र मधेसीबीचको भिन्नता देखाउँछ। डा. राउतको कथनले जबरजस्ती थारुको संस्कृतिलाई मधेसीकरण गरिएको छ।

यसरी मौलिक पहिचान रहेको थारु जातिको ऐतिहासिक मूल वा उत्पति, भूभाग, भाषा, संस्कृति, रहनसहन र आर्थिक जीवनलाई नस्विकार्ने डा. राउतको लेखले सोझै थारुको पहिचानमा तीर हानेका छन्। थारुको पहिचान एजेन्सीले निर्धारण गरेको भन्ने तर मधेस भनेर भारतीय भाषा हिन्दी प्रयोग गर्ने, मधेस टुक्र्याउने भारतीय दलालले चलेका मधेसी दल र नेतालाई न देख्ने । तीपनि त भारतीय भारु पैसामा चलेका छन् नि। चुनाव जित्नल भारतबाट पैसमा मात्र हैन गाडीसमेत प्रचारको लागी भारतीय नै प्रयोग गरेको चाहिँ डा. राउतले नदेख्नेच अनि थारु उत्थानका लागि आएका सहयोगलाई एजेन्सीको भन्न मिल्छ।

अरुको कुरा त छाडौं। मधेसी नेता उपेन्द्र यादवले फोरम पार्टी पनि त पहिले एउटा मधेसीको उत्थान गर्ने संस्था नै थियो। त्यहाँबाट आएको मधेस प्रदेश जायज हुने अनि यथार्थको थरुहट र थारुको पहिचान अस्विकार्य हुने?
अन्त्यमा डा. राउतले जे लेखे पनि यथार्थ कुरा परिवर्तन हुँदैन। राउतजस्ताले भन्दैमा थारु न मधेसी हुन्छन् न कहिल्यै थिए।

Facebook Comments

Related posts

Leave a Comment