गजल

बिष्णुप्रसाद धिमाल “आजाद”
—————–

उखेलेर बिषकाे अब बोट मासी दिन्छु
नौकर शाह तानाशाहको भोट मासी दिन्छु ।।

रक्तपात मच्चाएर बस्ती घाइते पारे तिनले
यहि चुनाबमा बहुमतले चोट मासी दिन्छु ।।

अत्याचारी खुनी शासक तब मासिनेछन
झुठो मुद्दा जनता मार्ने खोट मासी दिन्छु ।।

धेरौ हान्यौ छक्का पन्जा देशै दाउमा राखी
रास्ट्रघाती तिम्रा खेलको कोट मासी दिन्छु ।।

कोशी बेच्यौ काली बेच्यौ रह्यो सगरमाथा
सगरमथा बेच्ने तिम्रा नोट मासी दिन्छु ।।

Facebook Comments

Related posts

Leave a Comment