केशव कुमारहरू साँच्चिकै नागरिक हुन कि भाेटर मात्रै ?

मेराे बालसखा केशव कुमार राई । जाे आफ्नै दाेहाेराे हवाई टिकट खर्चमा मलेसियाबाट काठमाडौं आए । रूखमा भाेट हाले । ठूलै पार्टीमा भाेट हाल्नुपर्छ भनेर उल्टै मलाई सल्लाह दिनसम्म भ्याए । तर आज उ फेरि १:३० बजे राती विदेश नै उड्दैछ ।

याे कुराले मलाई यसरी साेच्न वाध्य बनायाे:

# लाखाैं नेपाली युवाहरूकाे प्रतिनिधि पात्र हुन्, यी केशव कुमार राईहरू ।

# केशव कुमारहरू साँच्चिकै नागरिक हुन कि भाेटर मात्रै ?

# केशव कुमारहरू भर्याङ नै हुन् भन्ने कुरा थप प्रमाण हाे । विदेशमा आफ्नाे खाएर पनि अरूलाई सत्तामा भर्याङ भइदिनकाे लागि मात्रै भए पनि उनीहरू भाेटर भएर घर आउछन् र अनागरिक भएर फेरि मुगलान पस्छन् ।

# कांग्रेस-कम्युनिष्टलाई कुर्सीमा चढाउने अनि जीवन धान्नचाहिँ विदेश पलायन हुनैपर्ने ! यस्ताे पनि कहिँ हुन्छ ? यी केशव कुमार राई जस्ताे कस्ताे अभागीहरू युवाहरू हाैं हामी ?

# चुनावमा लडि दिने, मरिदिने र प्रचार गरिदिने तर विजयकाे रसास्वदनचाहिँ अरूले गर्ने ! हे, भूपी शेरचन ! तिमी फेरि याे कविता भन्न फर्केर आऊ: ” स्ट्राइकरले जता हान्याे उतै जाने क्याराम बाेर्डका गाेटीहरू……..खुट्टा पैतालाले दाैड जित्छ तर विजयकाे माला घाटीले लगाउछ, विजयकाे टिका माथि निधारले लगाउछ….. वीर तर भुद्धु हामी…”

# हे नेपाली बाबुहरू हाे, हामीजस्ताे गुलाम अभागी सन्तानहरू जन्माएर पुस्तालाई कंलङ्कित बनाउनु भन्दा बरू आफ्ना जवानीहरू डस्टविनहरूमै चुहाएर मिल्क्याइ देऊ, आमाहरूकाे पवित्र काेख दुषित नबनाइ देऊ ।

# छि छि छि छि छि छि छि छि छि छि, धिक्कार

– बलदीप राई (Facebook wall बाट)
Facebook Comments

Related posts

Leave a Comment