सुरु भयो उभौली साकेला

भिम राई

किराती समुदायको महान पर्व साकेला उभौलि आज देखि सुरु भएको छ । हरेक बैशाख पूर्णिमाको दिन मनाइने यो पर्ब विशेष गरेर पूर्वक्षेत्रमा मनाइन्छ । किराती समुदायले वसोवास गर्दै आएका क्षेत्रहरुमा मनाइने यो पर्व वर्ष दुई पटक मनाइन्छ । किरात राईहरुले साकेवा, साकेन्वा, साखेल, तोष, तोसी आदी नामले चिनिने यो पर्वमा सुनुवार राई, लिम्बु समुदायमा समेत उतिकै महत्वका साथ मानिदै आएको छ ।

किरात राइहरुको बर्षमा मनाइने मुख्य दुइवटा पर्बहरु मध्ये एउटा उभौली हो भने अर्काे उधौली । प्रकृति पुजक किराती समुदायमा यी दुबै पर्बहरुलाई प्रकृतिसँगै जोडेर हेर्ने प्रचलन रहेको छ । प्राकृतिक परिवर्तन सँगै आउने परिवर्तनका आधारमा यी पर्वहरु मनाइन्छ । प्रकृतिलाइ पुज्ने किरात राइहरुले खेती लगाउने समयमा उभौली पर्व मनाउछन् । यो समय गर्मिबाट बच्न सबै प्राणिहरु चराचुरुङ्गी अनि अन्य प्राणिहरु पनि उभोतिर लाग्ने भएकोले यो पर्वलाइ उभौली भनिएको हो ।

यस्तै गर्मिबाट बच्न लेकतिर लाग्ने भएकाले यो उभौलि पर्व नाम रहन गएको उनको भनाइ छ । अनि फेरि मौसम परिवर्तनसगै जाडोबाट बच्न तलतिर झर्ने समयमा मनाइने पर्बलाइ भने उधौली पर्व भनिन्छ । उभौलीको समय बिशेष गरि खेती लगाउने समय भएका कारण बाली राम्रो होस र खाद्यान्नको संकट नहोस भन्ने कामना गरिन्छ । भुमि अथार्त प्रकृति तथा पितृलाई मान्ने यो समुदायले भुमि पुजा गरेर अन्नको सह अर्था उत्पादकत्वमा वृद्धिको कामना गर्ने प्रचलन रहेको छ । पूजा सँग सँगै किराँत राइ समुदायका मानिसहरु खुशि साटासाट गर्दै सबै कुरा बिर्सेर ढोल झ्याम्टाको साथमा गोलो घेरा बनाएर साकेला नाच्ने गरिन्छ । प्रकृतिमा भएका जीवजन्तुको नक्कल गर्दै नाचिने साकेला सिलिमा उत्पादनको कुरा देखि सृष्टिका कुराहरु समेत नक्कल गर्ने प्रचलन छ ।

पौराणिक कथाका अनुसार स्वर्गमा बस्ने पारुहाङ र धर्तिमा बस्ने सुम्निमाको देखादेख पछि माया बस्छ र बिबाह हुन्छ । बिबाहको केही समय पश्चात पारुहाङ अन्तै लाग्छन् र सुम्निमासँग लामो सयम भेट हुदैन । जब पारुहाङ फर्किन्छन् र पुनः सुम्निमासँग भेट्छन्, सुम्निमाले गुनासो पोख्छिन् र छोडेर जानुको कारण सोध्छिन् । शुरुमा त पारुहानले ढाँट्छन् तर जब उनले सत्य कुरा बताउछन् सुम्निमा खुशि हुन्छिन् र सबै कुरा भुलेर नाच्न थाल्छिन् । त्यही नाच नै अहिलेको साकेला नाच भएको जनविश्वास रहिआएको छ पारुहाङ र सुम्निमालाइ किरात राइले आफ्नो पुर्खाको रुपमा पुज्ने गरेको छन् ।

यता अर्को किम्वदन्तिमा किरात समुदायको उदगम स्थल मानिएको तायाचुङ जायजुमको कथाबाट समेत साकेलालाई व्याख्खा गर्ने गरिएको छ । किराती पुर्खा पातेसुङ र दिलिदुमको दुई बहिनी छोरीहरु तोयामा खियामा र एक माइति रेछाकुले (जाउमा ख्लिउमा खक्चिक्पिु ) माइति सँगको भेट नहुँदाको कथा जोडेर अन्तिममा दिदाम छिदाम गर्दा चेलिहरु आवश्यक परेको चेलिहरुलाई बोलाएर रिति पु¥याई चेलि माइति नाच्न थालेका कथाहरु समेत सुन्न पाईन्छ ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment