एलिशा जितिन मिस राईको उपाधी

एबिसि खबर
काठमाडौं । सिटिभी मोवाइल ‘मिस राई–२०१७’को उपाधी एलिशा राईले जितेकी छिन् । आफु जस्तै ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् । विजेता एलिशाले ताज, ट्रफी र यामाहाको फेसिनो स्कुटर समेत प्राप्त गरेकी छन् । जमल स्थित ‘राष्ट्रिय नाचघर’मा आयोजित प्रतियोगीतामा इशारा राई फष्ट रनरअप र अस्मिता राई सेकेन्ड रनरअप र घोषित भएका छन् ।

किरात मौलिक संस्कृति कला केन्द्रको आयोजना सम्पन्न कार्यक्रममा किराती पहिचानको खोजि गर्न, किरात राईहरुको मौलिक धर्म, संस्कृति, संस्कारहरुको संरक्षण प्रवद्र्धन गर्ने किराती चेलिलाई दुधका रुपमा परिचित गराउन कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष अपर्ण राईले जानकारी दिए । किरात समुदायको मुन्धुम दर्शनमा आधारित मौलिक धर्म संस्कृतिका बारेमा बिशेष प्रशिक्षण दिइएको सो प्रतियोगितामा सबै उतिकै क्षमतावान किराती चेलिहरुको उपस्थिती रहेको कार्यक्रमका कोरियो ग्राफर किरात विन्द्रले बताए । उनीहरुलाई किराती चेलिहरुको प्रतिनिधीका रुपमा विभिन्न कार्यक्रमहरुमा किराती संस्कृति सम्बन्धी अध्ययन तथा क्षमता अभिवृद्वि, व्यक्तित्व विकास गर्नका लागी सहभागी गराईने अपर्ण राईको भनाइ रहेको छ ।

बार्षिक रुपमा आयोजना गरिदै आएको प्रतियोगीताको यो पाँचौ संस्करणमा विजेताहरुलाई पुर्व मिस राई एलिशा राईलगायतले ताज पहिराएका थिए । यो सँगै कार्यक्रममा बिभिन्न बिधामा टाइटल अवार्ड समेत वितरण गरिएको थियो ।

अलिेको निकै नै चर्चित कोरियोग्राफर रिनेशा राई, समाजसेवी तथा किरात राई यायोक्खा काठमाडौंका अध्यक्ष दिलिप रुङमाङ, विजनेशम्यान निराजन सिंह, गायिका पार्वती राई, गायक अशोक मुकारुङ प्रतियोगीताको निर्णायकमा रहेका थिए ।

कार्यक्रममा बरिष्ठ संगीतकार तथा प्राज्ञ शान्तिराम राई, सिटिभि मोबाइलका संचालक तथा युवा व्यवसायी अलाईभ ग्लाईडर किसन राईले कार्यक्रमको महत्व र औचित्यतता माथी बोलेका थिए । यस्तै अहिले निकै चर्चित र व्यस्त गायक राजेश पायल राईले गीत गाउँदै आफ्नो मनको कुरा राई समुदायमा राख्न पाउँदा खुशी ब्यक्त गरेका छन् । उनले आफ्नो बिहेको समेत प्रसँग जोड्दै जे जे हल्ला आएपनि सायदै बिहे किराती राई समुदायमा नै हुने समेत बोलेका छन् । कार्यक्रममा सन्तोष दुमी, पार्वती राई, देवेश दुमी, विक्रम राई लगायतका कलाकारहरुले गीत गाएर मञ्च तताएका थिए ।

 

Facebook Comments

Related posts

Leave a Comment