युकेमा दर्शक तताउँदै कला

एबिसि खबर

काठमाडौं । नेपाली लोकआधुनिक गीत गायनमा अब्बल रहेकी गायीका कला राई यतिबेला युकेमा व्यस्त छिन् । युके स्थित पिस इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भईरहेको मनोरन्जनात्मक सांगीतिक तथा साँस्कृतिक कार्यक्रममा उनी लगायत गायीका बिष्णु चेम्जोङ, हाँस्य कलाकार राईबुढा (पार्वन राई) र दमन रुपाखेती रहेकाछन् ।

नयाबर्षको विशेष कार्यक्रम अनुसार युकेको अल्ड्रेस्ट, अक्सफोर्ड र लण्डन सिटिमा भर्खरै भव्यरुपमा कार्यक्रम सम्पन्न भईसकेको कार्यक्रम स्थलबाट गायीका राईले जानकारी दिएकी छन् । यस्तै अब अझै त्यहाँको विभिन्न सिटिहरुमा कार्यक्रम फिक्स भइसकेको समेत उनले जनाएकी छन् ।

आयोजक पिस इन्टरटेन्मेन्टका अनुसार ५ मे २०१७ देखि २१ मे २०१७ सम्मको कार्यक्रम टुङगो लागि सकेको छ । कार्यक्रमको तालिका अनुसार ५ मे कादिन डोभर, ७ मे मा रेडिङ, १० मेका दिन प्लमस्टेट्, ११ मे योर्क, १२ मे ननईटन, १३ मे बानिङस्टक्, १४ मे वेल्स्, १९ मे स्विन्डन, २० मे अक्सफोर्ड र २१ मेका दिन कोलचेस्टरमा कार्यक्रम हुने भएको छ ।

यस्तै अझै त्यहाँ स्थित आयोजक टिमले समय स्थानको व्यवस्थापन गरिरहेकाले कार्यक्रमको मिति र स्थानहरु अझै थपिने आयोजकले जनाएको छ । नेपाली कलाकारको टोलिको यो सांगीतिक भ्रमण करिब १ महिनाको हुने उनीहरुले जनाएका छन् ।

Facebook Comments

Related posts

Leave a Comment