प्रचण्डले चालेको “A” एक्का बाबुराम

——— एरिका चाम्लिङ—–
——–

डा.बाबुराम भट्टराई स्यंमले संघर्ष गर्दै जन्माएर हुर्काएको माओवादी पार्टी २०७२ असोज ९ गते पार्टी परित्याग गर्ने कुरो चानचुने थिएन । जसले मिडिया र आम नागरिकमा समेत निकै ठूलो कम्पन पैदा गर्यो । बाबुरामले प्रचण्ड सङ्गको झण्डै ३० बर्ष लामो सम्बन्धलाइ बिट यसरी मार्नु निकै ठूलो झड्का थियो आम जनताहरुमा । बाबुरामले किन यसो गर्यो भन्ने आलोचना र कौतुहलताले अनेक राजनीति विश्लेषकहरुले अनेकौ विश्लेषण गर्ने मौका समेत पाएको थियो ।

यद्यपि बाबुरामले माओवादि छोड्नु पर्ने कुनै असुन्तुष्ठी कारण भने थिएन तर भन्नलाइ “संबिधान जनहितकारी नभएको ” भनेर पार्टी वाट बाहिरिएता पनि त्यसमा कुनै बैज्ञानिकता थिएन – जुन संविधान भट्टराई आफैले पनि हस्ताक्षर गरि पारित गरिएको संबिधान थियो । उक्त संविधानको बिरोध गर्दै असोज १२ गते बिरगंज पुगेका भट्टराईले मधेसीहरु सङ्ग संविधान च्यात्न नसकेको कारण कार्यक्रम स्थलबाट धपाइ समेत खानु परेको थियो । त्यहाबाट असफल बनेपछि बाबुरामको डिजाइन अनुसार अर्को दाउ संघीय समाजवादी फोरम थियो । भट्टराईले धेरै पटक संघीय समाजवादी फोरम सङ्ग मिलेर जाउ भन्ने प्रस्ताव समेत राख्दै आएका थिए तर संघीय संरचनाको खाका नमिलेको कारण मिल्न सकेनन् तर भट्टराईको प्रयास भने निरन्तर जारी थियो ।

केही समय पश्चात् बाबुरामले नयाँ शक्ति पार्टीको स्थापना भएको घोषणा गरे जसले काठमाडौ पुरै हल्यायो तर त्यो बेला सम्म गाउँ बजार हल्लिएको थिएन । राजनीति तहल्का र हल्ला मच्याएर भए पनि पर्नु पर्दो रहेछ भन्ने नयाँ शक्तिबाट बुझ्न सकियो । भट्टराईले नंया शक्तिमा माओवादि पार्टीबाट को को ल्याए सो औंला भाचेर गन्न सकिन्छ तर ससफो र रा.ज.पा र अन्य पहिचानवादी दलहरुबाट पुरै नया शक्ति भरिभराउ भएको थियो । यसमा बाबुराम र प्रचण्ड हद भन्दा बढी नै सफल भएका थिए ।

कुटनैतिक अभ्यास
२०७२-जेठ २५ गतेको १६ बुदे सहमतिमा प्रचण्डले हस्ताक्षर गरेपछि आदिवासी, मधेस, दलित लगायत सम्पुर्ण पहिचानवादी दालहरुले कुठाराघात भएको महसुस गरे । अब प्रचण्डलाई बिश्वास गर्न एकै इन्च पनि आधार नदेखिए पछि सबैमा अवगत भयो कि आफ्नो मुद्दा आफै उठाउनु पर्दछ । त्यसपश्चात जेठ ३२ गते ३ पहिचानवादी दलहरु बिच एकता भइ “संघीय समाजवादि फोरम” पार्टी नामकरण भयो र पाँचौ स्थानमा राष्ट्रिय पार्टीमा समेल भयो र क्रमशः अरु पार्टीहरु बीच पनि एकाअर्कामा एकता गर्दै गयो र गरिरहेका छन । यति बेला स.स.फो सांगठनिक रुपमा निकै अगाडि र मजबुत हुँदै गएको देखिन्छ । ससफोको गतिको तिब्रता यो हदसम्म देखिनु भबिस्यमा माओवादीको लागि सबै भन्दा घातक ठहरिने छ । यसैकारण सहजै अनुमान लाउन सकिन्छ कि प्रचण्डले चालेको बाबुराम एक्का हो र प्रचण्ड बादसाह – बाबुराम भन्दा ठूलो पत्ता प्रचण्ड सङ्ग छैन ।

तसर्थ थ्रेसहोल्डमा ३% मत र अनिवार्य प्रत्यक्षमा १ सिट ल्याउनु पर्ने प्राबधान सृजना गरि ससफोलाई बाबुरामसङ्ग मिल्नुको बाध्यात्मक विकल्प देखाइ रहेका छन् । यो संबेदनसिल परिस्थितिमा डा. बाबुराम भट्टराई ससफोको लागि मात्रै नभएर सम्पुर्ण पहिचानवादी दलहरुको लागि बिषाक्दी साबित हुनेछ ।

काङ्ग्रेस र एमाले भन्दा पृथक ढंगको रणनीती अपनाइ बाध्यता पारी विकल्पमा तुर्लुङ्ग झुन्डाइ गर्ने राजनीति दौड-तरिका निकै कायदाको अभ्यास माओवादिमा देखियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment