किरात पहिचानको सार्थकता

–बलद्विप प्रभाश्वर चाम्लिङ्ग
…………………….

काठमाडौं खाल्डाेमा बसेर पुस्ताैपुस्ता हजाराैं वर्ष किरातीले शासन गरेकाे कुरा त व्याख्या गरिरहनु परेन । नेपालकाे आधुनिक प्रशासनिक राज्यसंयन्त्रकाे सुत्रपात किरात शासनकाल थियाे । छुट्टाछुट्टै प्रशासनिक निकायबाट त्यससंग सम्बन्धित विषयहरूमा प्रशासनिक काराेबार हुनुपर्ने प्रशासनकाे अवधारणाकाे विजाराेपन किरातले नै गरेका थिए । जस्ताे “कुथेर”, “लिङवल”, “शुल्ली” र “मापचाेक” जस्ता किरात शब्दका अधिकरण किरातकालमा नै स्थापना भएका थिए । यी प्राधिकरणहरूले जग्गाजमीन, सिंचाइ , न्याय र विवाह सम्बन्धि सेवा प्रदान गर्थे ।

हिजाेअस्तिसम्म काठमाडौं देखि पूर्वका नेपालाई किरात (वल्लाे किरात, माझ किरात र पल्लाे किरात) नै भनिन्थ्याे । राणाकालिन र पञ्चायतकालिन प्रशासनिक ढड्डा पल्टाएर खाेजे किरात प्रदेशकाे नाम अहिले पनि उल्लेख छ । म सानाे छदा मेरै बाजेले काराेवारका तमसुक लेख्दा “लिखितम् माझकिरात…” भनेर सुरू गर्नुहुन्थ्याे ।

पञ्चायत कालसम्म नै सिङ करकाे उल्लेख हुन्थ्याे ।
किरात भाषामा सिङ भनेकाे दाउरा हाे । काठदाउरामा राज्यले लिने शुल्कलाई सिङ कर भनिएकाे हाे ।

हिन्दुकृत सेन राजाहरू किराती नै हुन् । पहाडी भेगदेखि अहिलेका भारतकाे झण्डै गंगासम्म उनै किरातीहरूकाे प्रभुत्व थियाे । मधेसीहरूले आन्दाेलन सुरू गरेकाे अहिलेकाे सप्तरी जिल्लाकाे लहान भन्ने शहर उनै किराती राजा “लाे हाङ सेन” राजाकाे नामा राखिएकाे थियाे । याे पछि अपभ्रंस भएर लहान हुनआएकाे हाे । “हाङ” भनेकाे किरात भाषामा राजा हाे । बाराकाे अहिलेकाे “सिमाैरागढ” किरात भाषा “सिङमाङ” बाट अपभ्रस भएकाे हाे । त्याे ठाउँमा हिजाे किरातकाे वनदेवीकाे मूर्ति थियाे । सिङ भनेकाे वन र माङ भनेकाे देवी हुन्। अहिलेकाे माेरङ जिल्ला किरात राजाकाे नाम माेरहाङबाट नै भएकाे हाे । हिजाे पृथ्वीनारायण शाहले यी भूमि नहडपिन्जेल किरात शासित भूमि नै थियाे । यत्राे इतिहासकाे विराषद बाेकेका समुदायकाे पहिचान नस्वीकार्ने कुन अराष्ट्रिय तत्व हुन् ?

किरातकाे महानउदारता र हिन्दुआर्यकाे गतिशिलता
………………………………..

याे देश नेपाल किरातहरूकाे महानउदारता (magnanimity ) र हिन्दुआर्यहरूकाे त्रियात्मक गतिशीलता (dynamicism) काे सम्मीश्रण हाे । किरातहरू उदार नभइदिएकाे हुन्थ्याे भने हिन्दुआर्यकाे गतिशिलताले स्पेस पाउने थिएन र उनीहरूले हिन्दुसभ्यताकाे प्रयाेगशाला नेपाल भूमि नै प्राप्त गर्ने थिएन । हाे, अब सत्ताधारीहरूले त्याे किरात महानउदारतालाई “घृणात्मक ध्वांस” मा रूपान्तरण हुन नदिनकाे लागि किरात पहिचानलाई राजनीतिक प्रमाणिकरण प्रदान गर्नुपर्छ । भलाई यसैमा छ, सबैकाे ।

कांग्रेस-कम्युनिष्टभन्दा पनि जेठाे हाे, किरात पहिचान । किरात पहिचान प्राप्त नहुन्जेल हाम्राे राजनीतिक अभियानले सार्थकता पाउने छैन ।

Facebook Comments

सम्बन्धित

Leave a Comment