धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता

बलदीप प्रभाश्वर चामलिङ

………………………

धर्मनिरपेक्षता भनेकाे जुनसुकै धर्मप्रति सरकारकाे तटस्थता हाे । सरकार कुनै पनि धर्मकाे पक्षपाती नहुने नीति धर्मनिरपेक्षता (Secularism) हाे ।

धर्म निरपेक्षता भनेकाे जनताले धर्म मान्न नपाउने हाेइन । जनता (समाज) बाट हाेइन, सरकारबाट चाहिँ धर्मलाई अलग राख्नु भन्ने कुरा हाे, धर्म निरपेक्षता । किनभने सरकार भनेकाे त सबै थरिथरी जनताकाे आस्थाकाे कार्यकारिणी संस्था हाे । सरकार त विभिन्न धर्मावलम्बी जनताकाे कर र मतमा टिकेकाे हुन्छ । यस्ताे अवस्थामा सरकारले कुनै एक धर्मलाई काखी च्यापेर द्वन्द निम्त्याउनु हुन्न भन्ने मान्यता हाे, धर्मनिरपेक्षता ।

कुनै अभिभावकले आफ्नाे परिवारका सदस्यहरूबीचमा कसैलाई च्याप्ने र कसैलाई फ्याक्ने गर्याे भने परिवारमा झगडा र विग्रह निम्तन्छ । तसर्थ परिवारका सदस्यहरूकाे निजी मामलाप्रति असंलग्न र तटस्थ रहनुपर्छ, अभिभावक । हाे, त्यही अभिभावक हाे, सरकार । धर्म भनेकाे जनताकाे निजी मामला हाे ।

तर नेपालमा हिन्दुधर्ममा आधारित कानून बनाइएकाे छ । नेपाल सरकारकाे कार्यसम्पादन हिन्दुधर्मउन्मुख छ । राप्रपाका बुद्धिमान तामाङका भैयादहरू गाईगाेरूबधकाे आराेपमा जेल काेचिन्छन् । हिन्दुधार्मिक मठमन्दिरकाे संरक्षणमा सिंगाे सरकार नै लागेकाे छ ।

धार्मिक स्वतन्त्रता

कुनै नागरिकले आफूले चाहेकाे धर्म मन्न पाउने अधिकार हाे, धार्मिक स्वतन्त्रता ।

नेपालमा धर्मनिरपेक्षता भनेकाे हिन्दुधर्मकाे निषेध हाेइन, बरू सबै धर्मकाे कदर हाे ।

हिन्दु, बाैद्ध, क्रिश्चियन, मुस्लिम धर्महरू समस्या हाेइनन्, नेपालका सम्पदा हुन् । धर्मनिरपेक्षताले मात्रै सबै धर्मकाे सह-अस्तित्व र गरिमाकाे प्रत्याभुति गर्छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment