संघीय गठबन्धनद्धारा देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं,  ४ चैत्र । मधेशी, आदिवासी जनजाति लगायत संघीय गठबन्धनले देशव्यापी आन्दोलनको  घोषणा गरेको छ । चुनावका लागि सहमति जुटाउन प्रधानमन्त्री दलीय छलफलमा व्यस्त रहेकै बेला मधेशी जनजातिहरुको छाता संगठन संघीय गठबन्धन र मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बिहीबार बसेको गठबन्धनको बैठकले प्रमुख सात शहरमा जनप्रदर्शन गर्ने गरी चैत्र २१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सात दलीय मधेशी मोर्चासमेत आवद्ध रहेको गठबन्धनले मोर्चाको आन्दोलनलाई समर्थन हुने गरी सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

यस्तो छ, संघीय गठबन्धनको घोषित आन्दोलन
चैत ३ गते संसदमा प्रतिनिधित्व गर्ने संघीय गठबन्धनसँग आबद्व दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता ।
चैत ४ गतेदेखि जनअवज्ञा तथा असहयोग आन्दोलन ।
चैत १२ गते स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन रु भन्ने शीर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारहरूमा सार्वजनिक सुनुवाई ।

चैत १३ गते देशव्यापी सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जली सभा । काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन ।
चैत १४ जिल्ला सदरमुकामहरूमा विशेष संरचना (स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र) बिनाको स्थानीय तहको प्रतिवेदन जलाउने ।
चैत १५ गते धनगढी, कैलाली, आयोजक – थरूहट तराई पार्टी र थरूहट संयुक्त संघर्ष समिति
चैत १६ गते कैलालीको अत्तरिया, आयोजक – खसान राष्ट्रिय संघर्ष समिति र थरूहट संयुक्त संघर्ष समिति ।

चैत १७ गते पोखरा, आयोजक – तमुवान संघर्ष समिति ।
चैत १८ गते उदयपुर, आयोजक – किरात संघर्ष समिति ।
चैत १९ गते दमक, आयोजक– संघीय लिम्बुवान राष्ट्रिय मञ्च र लिम्बुवान संयुक्त संघर्ष समिति
चैत २० गते हेटौडा, आयोजक – तामाङसालिङ संघर्ष समिति, आ.ज.पा. नेपाल
चैत २१ काठमाडौं, आयोजक – नेवा स्वायत्त राज्य संयुक्त संघर्ष समिति, नेपाः राष्ट्रिय पार्टी र ताम्सालिङ संयुक्त संघर्ष समिति ।

Facebook Comments

Related posts

Leave a Comment