मधेसी दलहरु रहेसम्म मधेसका समस्या समाधान हुँदैनन्-एमाले अध्यक्ष ओली

नेपालगञ्ज, चैत १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी दलरहेसम्म मधेसको समस्या समाधान नहुने ओरोप लगाएका छन् । मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत मंगलबार बाँकेको नेपालगञ्जमा भएको सभामा सम्बोधन गर्दै ओलीले मधेसी दलहरुप्रति कडा टिप्पणी गरेका हुन् । ओलीले मधेसी दललाई आफू हारेर श्रीमतीलाई सांसद मन्त्री बनाउने दल भनेर काटाक्ष गरे ।

अोलीले मधेसी मोर्चाका नेताहरुको व्यक्तिगत कुरा पनि गरे । सम्बोधनमा उनले मधेसी नेतालाई प्रश्न गरे- ‘उनीहरु कति पटक मन्त्री भए । आफूले हारे भने श्रीमतीलाई सासद, मन्त्री बनाउँछन् ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने-‘राजनीतिमा पक्ष, विपक्ष हुन्छन्, मतभिन्नता हुन्छन् । तर, त्यसैका नाममा आपराधिक बाटो लिने छुट कसैलाई छैन । संविधान बनिसकेपछि त्यसलाई कार्यान्वयन हुन नदिने कोसिस भइरहेको छ । यो एमालेमाथिको मात्र आक्रमण होइन, लोकतन्त्र र संविधानमाथिको आक्रमण हो ।’

मधेसी मोर्चांले अहिलेसम्म १ सय ८१ जना मराएको छ, दुई सय जना मारेको छ । यसले मधेसमा अशान्ति मात्रै ल्याएको छ ।

मधेसी मोर्चाका नेताहरु हप्ता, १५ दिनमा युपी, विहार गएको र आशिर्वाद थाप्न खोजेको ओलीले गम्भीर आरोप लगाए ।

ओलीले नामै नलिई माओवादी र मधेसी मोर्चाप्रति भने–‘केही तत्वहरु देशलाई जात, भूगोल र धर्मका नाममा विखण्डन गर्न चाहन्छन् । नेपाल कहिल्यै विकासको बाटोमा जान नसकोस्, स्थिरता नहोस् भन्ने उनीहरुको चाहना छ ।’

हिजो एउटा रुवान्डा थियो, आज छ वटा भइसके । युगोस्लाभियामा कट्टु लगाउने कपडा छैन तर एके ४७ बन्दुक भिराइयो । जातिजातिका बीचमा मारकाट भयो । नेपालले त्यसलाई अस्वीकार गरयो । त्यही भएर कतिपयलाई छटपटी भएको छ ।

संविधानले कुनै भेदभाव गरेको छैन । संविधान बनाउने बेलामा विरोधमा उत्रिएकाले तिनीहरुलाई कुरा थाहा छैन होला, पढेर बताइदिए हुन्छ, कहाँ भयो भेदभाव रु भेदभावको हल्ला चलाएर संविधान मान्न सकिन्न भन्ने तर एमालेका विरुद्धमा मत हाल्न लागि ०७२ असोज २४ गते कुदेर आए, फेरि ०७३ साउन १९ गते कुदेर आए । भत्ता खाने बेलामा संविधान मान्ने, मत हाल्ने बेलामा मान्ने, अरु समयमा मान्दिनँ भन्न मिल्छ ?

मधेसी मोर्चाले अाब्ह्वान गरेको बन्दमा पनि कडा सुरक्षामा एमालेले सभा गरेको हो ।

एमालेको फागुन २१ गतेबाट सुरु गरेको अभियान सुर्खेत पुगेर समापन हुनेछ ।

साभार:  everestdainik.com

Facebook Comments

Related posts

Leave a Comment