मेचीकाली अभियानमा फैलाइएका भ्रमहरु : तिनको चीरफार

मेचीकाली अभियानमा संशोधन बिधेयकको बारेमा झुट फैलाएर एमालेले झडपको स्थिती सृजना गरेको छ । वास्तवमा संशोधनका चारवटा बुँदाहरु एमालेले भनेको जस्तो राष्ट्रघाती छँदैछैन । तर यसको निरन्तर बिरोध गर्ने क्रममा आमचकारी गाली सम्ममा उत्रन तयार हुने एमालेको नियत चाहिँ यो सरकारलाई भारतको गोटी प्रमाणित गरेर निर्वाचन अगाडी नै अपदस्थ गराएर निर्वाचन हुन नदिने दाउ हो ।
हेरौं, संशोधन बिधेयकका बुँदाहरु :
१) स्थानिय निकायबाट चुनिने प्रस्ताबित राज्यसभाको सदस्यमा वृद्धि गरिने ( यो संशोधनले मधेशीहरुलाई मात्र फाईदा गर्ने होइन जबकी भर्खरै गठन भएका ७४४ वटा निकायहरु बाट नै प्रतिनिधित्व जाने हो । यो बुँदा राष्ट्रघाती हुन सक्दैन । बरु यसले गर्दा स्थानिय तहबाट चुनिएर जान सक्ने सामान्य हैसियत भएको, सीमान्तीकृत गरिएका आम जनताहरु पनि माथिल्लो पदमा पुग्न सक्छन । एमालेको बिरोध भनेको आम जनता राज्यसभामा पुग्न लायक छैनन भन्ने देखेर हो की ?

२) भाषा आयोगको गठन, जसले नेपालका मातृभाषाहरु पहिचान गरेर भाषा अनुसुचीमा राखोस: हिन्दी भाषालाई सरकारी भाषा बनाउनै लाग्यो भनेर उफ्रेको एमालेले भाषा आयोगको काम कर्तब्य र अधिकारको बारेमा जनतालाई बुझुन भन्ने चाँहदैन । कारण भाषा आयोगले नेपालमा बोलिने मातृभाषाहरुको पहिचान गरोस र त्यसलाई भाषा अनुसुचीमा राख्ने हो । प्रदेशको कुन भाषा हुने भनेर भाषा निर्धारण गर्ने काम प्रादेशिक संसदको हो । सम्बन्धित प्रदेशले बहुमतको आधारमा आफ्नो कामकाजको भाषा निर्धारण गर्ने कुरा एमालेलाई किन टाउको दुखाईको बिषय भएको छ उनै खड्गप्रसाद जानुन ।

३) पाँच नम्बर प्रदेशको सीमा हेरफेर : यो पहिलो संबिधान सभाकै पालामा बनेको प्रदेश निर्धारण आयोगले तोकिसकेको बिषय थियो, जसमा काङ्ग्रेस,एमाले लगायतकाले लाहछाप लगाईसकेका थिए । त्यसपछी पार्टीको तर्फबाट राज्यको पुनर्संरचनाको प्रस्ताव संबिधनसभामा लैजाने क्रममा एमालेले बडो गर्वका साथ अहिले संशोधन बिधेयकमा भएको सीमांकन प्रस्तुत गरेको थियो । तर जे सुकै भए पनि प्रादेशिक संरचनामा जाँदा तराईका जिल्लालाई पहाडमा जोड्नै पर्छ भनेर जुन माग उठाइने गरेको छ, त्यसले तराईबासीहरुको राष्ट्रियतामा शंका पैदा गराउँछ र साम्प्रदायिकता निम्त्याउने मुख्य कारण यहि हो । तर एमालेले सबै तराईबासीहरुको राष्ट्रियतामा शंका किन गरिरहेको छ भन्ने कुरा पनि खड्गप्रसाद कै जानकारीमा छोडौं ।

४) बैबाहिक अंगिकृतले चाहेमा उताको नागरिकता त्याग्ने बित्तिकै यताको नागरिकता पाउन सकिने बारेमा : बिबाह गरेर आउनेहरुले उताको नागरिकता त्याग्ने बित्तिकै यताको नागरिकता नपाउने भए उनीहरु लोग्नेको घरमा बिना कुनै राष्ट्रियताको शरणार्थी बनेर बस्नु पर्ने हो रु यद्यपी अंगिकृतहरु कुन कुन पदमा पुग्न पाउने र नपाउने भन्ने लेखिएको संबिधानको अर्कै धारा छ जसमा एमालेले बकाईदा ल्याप्चे लगाएको छ र नागरिकताको बिषय होइन, नागरिकता पाउने समयको बिषयमा बबण्डर मचाएको छ । एमालेकै मै हुँ भन्ने जुन अमेरिकामा बस्छन, नेपालको नागरिकता त्यहाँको परराष्ट्रमन्त्रालयमा आत्मसमर्पण गरिसकेपछी दशबर्षपछि मात्र ग्रीनकार्ड आउँछ की कहिले हातमा पर्छ, यो कुरा भन्दैनन । एउटा देशको नागरिकता त्यागिसकेपछी अर्को देशको नागरिक बन्न पाउनु पर्छ भनेर अन्तर्राष्ट्रिय मानवअधिकारले पनि सुचित गरेको छ । तर जानेबित्तिकै पद पाईहाल्नुपर्छ भन्ने कुरामा बिमती रहन सक्थ्यो जसमा एमालेले लाहाछाप हानिसकेको छ । आफैले अंगिकृतहरुलाई करोडौंमा सभासदको पद बेचेको कुरा छिपेको पनि छैन ।

अझै अस्पष्ट हुनेले कमेन्ट या म्यासेजमा सोध्न सक्नुहुन्छ । मेरो मनासय यसलाई हुबहु पास गराउनु पर्छ भन्ने पनि होइन, तर एमालेले आफ्नो एजेन्डा पनि राखोस, संशोधन बिधेयकमा पनि संशोधन प्रस्ताव हाल्न सकिन्छ । तर दम्भ देखाएर जनताको ज्यान लिँदै हिँड्ने हो भने एमाले यो देशबाट सकिन्छ र सकिनुपनी पर्छ ।

– इश्वर अर्याल  (Facebook Wall ) बाट ।

Facebook Comments

सम्बन्धित

Leave a Comment