मानव वेचविखनमा संलग्न कँडेल पक्राउ

काठमाडौं, २८ फागुन । मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न ललितपुर, ईमाडोल–५ बस्ने सुर्खेत बाबियाचौर गाविस–६ का ४० वर्षीय खडानन्द कँडेललाई शुक्रबार महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी केन्द्रका अनुसार ओमनमा बेचिएर नेपाल फिर्ता आएकी महिलाले कँडेलविरुद्ध मानव वेचविखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएपछि अनुसन्धानमा खटिएको प्रहरीले उनकै डेरा कोठाबाट उनलाई पक्राउ गरेको हो । कँडेलले २ वर्ष अगाडिदेखि श्रम स्वीकृत नलिई नेपालबाट महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी खाडी मुलुकमा पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

साथै फागुन १४ गतेदेखि निजले कुवेत पठाउन भनि आफ्नै डेरा कोठामा  ४ जना महिलालाई राखेको अवस्थामा उनीहरुलाई प्रहरीले सकुशल उद्दार गरेको छ । अनुसन्धान पश्चात कँडेललाई आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं  पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment