पैसा लिएर अरुको ओछ्यान तताइदिने यी सुन्दरी

रुसकी २१ वषिर्या भिक्टोरिया इभाचियोभाको व्यवसाय हो, पैसा लिएर अरुको ओछ्यान तताउने । तर ओछ्यान तताउँदा उनलाई कसैले छुन भने पाउँदैन ।

जाडोको बेला ओछ्यान चिसो हुन्छ । चिसो ओछ्यानमा सुत्न सबैलाई गाह्रो लाग्छ । यही समस्यालाई दृष्टिगत गरेर यी सुन्दरीले नयाँ व्यवसाय सुरु गरेकी छिन् । उनी अरुको चिसो ओछ्यानमा एक घन्टासम्म सुतेर तातो बनाइदिन्छिन् । यसका लागि मोटै रकम लिन्छिन् । रातको ६५ पाउन्ड वा महिनाको १ हजार ३ सय ५० पाउन्ड उनको रेट हो । व्यवसायिक रुपमा अरुको ओछ्यान तताइदिने आफू विश्वकै पहिलो र एक मात्र व्यक्ति भएको उनको दावी छ ।

ओछ्यान तताइरहँदा ग्राहकले उनलाई छुन वा चलाउन बिल्कुल पाउँदैनन् । यदि कसैले त्यसो गर्न खोजेमा उनी तुरुन्त आफ्नो सेक्युरिटीलाई फोन गरेर बोलाउँछिन् । अलि पर बसेर उनीसँग अन्तरंग गफ गर्न भने पाइन्छ । तर त्यस्तो गफलाई उनी अश्लिलतातर्फ मोड्न दिन्नन् । गफ गर्ने क्रममा कतिपय ग्राहकहरुले आफूसँग अत्यन्त निजी कुराहरु पनि ओकल्ने गरेको भिक्टोरिया बताउँछिन् ।

आफूले ओछ्यान तातो बनाउने मात्रै नभएर त्यहाँ सकारात्मक उर्जा छोडिदिने उनको दावी छ । डिप्रेसनबाट ग्रस्त थुप्रै व्यक्तिहरुले आफूलाई ओछ्यान तताइदिन बोलाउने गरेको उनले बताइन् ।

Facebook Comments

Related posts

Leave a Comment