एकल युद्द कविता वाचन खोटाङमा पनि ; कविताको नयाँ स्वाद

अरुणिमा, कविता, समाचार

 

खोटाङ , २९ फागुन । खोटाङको जिल्ल सदरमुकाम दिक्तेलमा फागुन २८ गते युद्द कवि नरेश काङमाङको एकल युद्द कविता वाचन सम्पन्न भएको छ । टेम्के तुवाचुङ प्रतिस्ठानको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा काङमाङले १६ ओटा युद्द कविता र ३ ओटा समसामयिक गरि १९ ओटा कविताहरु सुनाएका थिए । लगातार एक घन्टा पन्ध्र मिनेट सम्म कविता सुनाएर भोजपुरका युद्द कवि काङमाङले खोटाङमा कविताको नयाँ स्वाद पस्किएका थिए ।

” युद्द अघि र युद्द पछिका विषयवस्तु समेटेर लेखिने कविता युद्द कविता हो । यो मुलत: आदिबासिहरु मात्र किन बेलायती सेनामा लगिन्छ भन्ने रहस्यमय कुराको उजागर गर्न लेख्न थालेको हुँ । ” युद्द कविताका एक मात्र अभियान्ता युद्द कवि काङमाङले भन्नुभयो । त्यस्तैगरी सन १९४७ मा त्रिपक्षिय सन्धी गरि प्रत्येक गोर्खा बटालियनमा मन्दिर हुनुपर्छ र एकजना पञ्डित साथमा पठाइनुपर्छ भन्ने कुरा उल्लेख गरिनुले हिन्दुको विरुद्दमा यी आदिबासिहरु नलडुन भन्ने प्रस्टिन्छ । यसरी हेर्दा यो एकदम रहस्यमय छ र यसको बारेमा कविता लेखिनुपर्छ भन्ने मान्यता स्वरुप युद्द कविता लेख्न शुरु गरेको पनि कवि काङमाङले बताए । यसरी” पहिचान र इतिहाँसको लागि लेखन नै यसको मुल सिद्दान्त ” रहेको समेत उनले बताए । ” युद्द कविता आफ्नो पहिचान आफैँले गर्ने हो भन्ने कविताको पूरा थिम रहेको ” कार्यक्रममा सहभागी कवि अनिल किराँतिले फेसबुकमा पोस्ट गरे अनुरुप पनि थप प्रस्टिन्छ । प्रतिश्ठानका अध्यक्ष भोगेन एकलेको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । युद्द कवि काङमाङ भुपु बेलायती सेना समेत हुन !

Facebook Comments

Leave a Reply