हलेसिमा एक भुटानिको मृत्यु

समाचार

खोटाङ, २९ फागुन । पुर्वको पशुपती मानिने खोटाङको हलेसी दर्शन गर्न आएका एक भुटानी बौद्धमार्गीको मृत्यु भएको छ । भूटान थिम्पुका पीपीजी नम्बर ९९३५१ भएका सांगे छिरिङको गत शुक्रबार राती मृत्यु भएको हो ।
हलेसी दर्शन गरेर शनिबारको बन्द भएको कारण शुक्रबार राती नै बसमा चढेर फर्कन लाग्दा ती बौद्धमार्गी तिर्थयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो । बौद्धमार्गीको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ ।

किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिबेणीस्थलकारुपमा रहेको हलेसीमा दर्शनका लागि शुक्रबार बिहान १०५ जना भुटानी बौद्धमार्गी आएका उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

स्रोत :- हाम्रो खोटाङ डट कम !

Facebook Comments

Leave a Reply