सप्तरी घटना विरुद्ध काठमाडौंमा प्रदर्शन, भोली नेपाल बन्द (भिडियो सहित)

भिडियो, राजनीति

एविसी खबर,

काठमाडौं, २६ फागुन । सप्तरीमा गत फागुन २३ गते ४ जनाको ज्यान जाने गरी भएका घटनाको विरोधमा संघिय गठबन्धन तथा आदिवासी जनजातिहरुले संयुक्त रुपमा आज काठमाडौंमा प्रदर्शन गर्नुका साथै भोली फागुन २७ गते नेपाल बन्दको आव्हान गरेका छन् ।

भृकुटी मण्डपबाट शुरु भएको जुलुस सहितको विरोध प्रदर्शन माइतीघर मण्डलामा कोण सभामा परिणत भएको थियो । हत्या हिंसा बन्द गर, सप्तरी हत्या काण्डको न्यायिक छानबिन गर, राज्य आतंक बन्द गर जस्ता प्ले कार्ड सहितका जुलुसले नेकपा एमालेका नेता केपी ओली बिरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

सभामा सम्बोधन गर्दै संघिय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सप्तरी घटनामा एमालेको हात रहेको बताए । एमालेले जातिय सद्भाव विगार्न खोजेको उल्लेख गर्दै श्रेष्ठले भने “हामी ब्रम्हाण विरोधि होइनौं, क्षेत्री विरोधी पनि होइनौं, हामी कुनै पनि समुदायको विरोधि होइनौं तर एकल जातिय राज्य र एकल सत्ता स्थापना गर्छ भने हामी त्यसको विरोध गर्छौ”।

सम्बोधनको क्रममा, आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेस आलेमगरले नुवाकोटमा गोली चलाउदा रबरको गोली चलाएको तर मधेशी जनता माथि गोली चलाउदा शिसाको गोली चलाएकोले यो काण्डको विरोध गरेको, साथै यस्तो घटना दोहोरीन नहुने बताए । त्यस्तै जनजाति महासंघका रेशम थापा मगरले घोषित स्थानिय निर्वाचनलाई राजा ज्ञानेन्द्रको चुनाव भन्दा फरक नभएको बताए ।
साथै आदिवासी जनजाति महासंघ र संघिय गठबन्धनले घोषणा गरेको भोलीको नेपाल बन्दमा रेडक्रस, पत्रकार, मानवअधिकारवादीको सवारी, कुटनितिक नियोगका सवारी, एम्बुलेन्स, खानेपानी तथा दुधको ट्याङ्करलाई कुनै अवरोध नहुने गठबन्धन्का एक सदस्यले बताए ।

भिडियो 

Facebook Comments

Leave a Reply