महुरेगढी गाउँपालिका स्थापनाको लागि पुन : आन्दोलन

By: नाकारा

खोटाङ, १८ फागुन । जिल्लाबाट स्थानिय प्राविधिक सहयोग समितिले सिफारिस गरेको महुरेगढी गाउँपालिका हटाइ स्थानिय तह पुन: संरचना आयोगले लाँमिडाँडा गाउँपालिका बनाएर सरकार समक्ष प्रतिवेदन बुझाएको बिरोधमा पुन: आन्दोलन शुरु भएको छ ।

गत आइताबारदेखी आयोगको सिफारिस विरुद्द बुइपा, बिजयखर्क, राजापानी र नुनथलाका स्थानियबासिहरु हलेसी हुँदै आएको मध्यपहाडी लोकमार्गको बिजुले – दिक्तेल सडक खण्ड र माहुरेगढी हुँदै गाइघाट जाने सडकको दिक्तेल – रेग्मिटार सडक खण्ड बिहान आठ बजेदेखी बेलुकी पाँच बजेसम्म बन्द गरि दोश्रो चरणको आन्दोलनमा उत्रिएका हुन । फागुन १७ गते सोमबारदेखी स्थानिय शैक्षिक सँस्था, बजार पसल एवँ सँघसँस्था साथै सरकारी, गैरसरकारी सँघसस्था समेत बन्द कर्ताले ठप्प पारेको महुरेगढी गाँउपालिका स्थापना सँघर्श समितिका सह सम्योजक दिनेश साम्पाङले बताए । साथै आन्दोलनप्रती कुनै सुनुवाइ नभएमा चारै गाविसको जनताको नागरिक्ता लगेर सिडिओको अघि जलाउने र महुरे गढी हटाउन चलखेल गर्नेहरुलाई कडा भन्दा कडा कार्बाही गर्ने र यो क्षेत्रमा आउने तिनिहरु जो कोहिको खुट्टा समेत किटिदिन तयार हुने सँघर्ष समितिका सह सँयोजक साम्पाङले बताए । उनले चार गाबिसको एक गाउँपालिकाको बनाउने विकल्प आको भन्ने हल्ला मात्रै हो भन्ने कुरा समेत प्रस्ट्याए । सँघर्ष समितिले गत पौष २३ गतेदेखी माघ १८ गतेसम्म लोकमार्ग बन्दगरि १५ दिनको अल्टिमेटम दिएर बन्द फिर्ता लिएका थिए । तर मागलाइ वेवास्ता गरिएको भन्दै गत १४ गते एक बिज्ञप्ति निकाली पुन: आन्दोलन शुरु गरिएको सँघर्ष समितिका सँयोजक उदयबहादुर कार्किले जानकारी गराए । “जिल्लाबाट नागरिक समाज, राजनितिक दल तथा सरोकारवाला सम्पुर्ण पक्षको सर्वसहमत निर्णयको आधारमा स्थानिय प्राविधिक सहयोग समितिले आयोग समक्ष पठाएको प्रतिवेदनलाई केही व्याक्तिहरुको राजनितिक नाजायज प्रभावमा परेर आयोगले तोडमोड गरेर सरकार समक्ष प्रतिवेदन पेस गरेकोले हामी गत पौष २३ गते देखि निरन्तर आन्दोलनमा छौँ । साथै प्रतिवेदन परिमार्जन र सँसोधनका लागि कार्यदल समक्ष पठाइएता पनि हाम्रो मागलाइ वेवास्ता गरि यश महुरेगढि भुगोलको जनताको माग र मर्मलाइ नबुझे जस्तोसुकै चुनौती आएपनी सामना गर्न तयार छौ” बिज्ञप्तिमा उल्लेख छ । षडयन्त्रपुर्वक तरिकाले महुरेगढी गाउँपालिकालाइ गायब गर्न खोजिएकाले आन्दोलनमा उत्रिनु बाध्य भएको कार्किले बताए । त्यस्तैगरी आयोगका श्याम भुर्तेलले काठमाण्डौमा बास्ने केही नेताको इशारामा सिफारिस नै नभएको गाउँपालिका बनाएपछी आन्दोलन गर्नुपरेको अर्का सहसँयोजक दिनेश राइले बताए ।

खोटाङबाट प्राविधिक सहयोग समितिले हलेसी तुवाचुङ र रुपाकोट मझुवागढी नगरपालिका एवँ महुरेगढी, ऐँसेलुखर्क, केपिलासगढी , जन्तेढुङ्गा , खोटेहाङ्ग, दिप्रुङ, साकेला र बराहापोखरि गरि ८ गाउँपालिका र दुई नगरपालिका बनाउन सरकार समक्ष सिफारिस गरेको थियो । सो समितिले सिफारिस गरेको माहुरेगढी गाउँपालिकाका गाविसहरुमध्ये बिजयखर्क, बुइपा र नुनथलालाई रुपाकोट मझुवागढी नगरपालिकामा र राजापानीलाइ हलेसी तुवाचुङ नगरपालिकामा समावेस गरेपछी यहाँंको स्थानियबासिहरु आन्दोलित भएका हुन । काठमाडौँमा समेत महुरेगढी गाउँपालिका खोटाङ- काठमाडौँ सँघर्ष समिति राकेश राईको सँयोजकत्वमा गठन गरि विभिन्न दबाब मुलक कार्यक्रम सञ्चालन भैरहेको छ भने यता लामिँडाँडा गाउँपालिकालाई नै कायम राख्न दबाव सिर्जना गर्न पुलक गुरुङको सँयोजकत्वमा लामिँडाँडा गाउँपालिका सँरक्षण समिती पनि गठन गरिएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment