छैटौँ सिर्जना संवाद सम्पन्न

अरुणिमा, समाचार, समाज

खोटाङ, फागुन -९  । टेम्के तुवाचुङ प्रतिष्ठान र खोटाङ गजल मञ्चले आयोजना गर्दै आएको नियमित सिर्जना संवाद कार्यक्रमको छैटौँ शृङ्खला फागुन छ् गते सम्पन्न भएको छ ।

बालसेवा समाज नेपालको कार्यक्रम हलमा संचालित कार्यक्रममा जिल्लाका अनिल किराँती , शरण खत्री मृदुल, प्रमोद श्रेष्ठ, सबिता भुजेल, शुसिला निनाम, युनिक साम्पाङ, सीता थुलुङ, रेखा क्षितिज , प्यास्पी चाम्लिङ, जयन्ती जुब्ली, नाकारा लगायत अन्य दर्जनौँ सर्जकहरुले आआफ्नो सिर्जनाहरु – गजल एवँ कविताहरु सुनाएका थिए । त्यस्तै गरि खोटाङका वरिष्ठ गाएक एवँ सङ्गितकार पृथी जिम्बा , पुर्बेली सङ्गीत बिध्यालयका राजन पुर्बेली साथै गितकार गिरिराज राणा र बाल गायकद्वय पर्शु बिक र केदार बिकले गित गाएर कार्यक्रमलाइ निक्कै सुन्दर बनाएका थिए ।

कार्यक्रमको अर्को शृङ्खला चैत्र पाँच गते हुने जानकारी कवि अनिल किरातिले गराएका थिए । यसै शिलशिलामा उनले खोटाङको साहित्यको बारेमा केही कुरासमेत राखेका थिए । यो कार्यक्रम प्रत्येक महिनाको पहिलो सनिबार सन्चालन हुने जानकारी आयोजक समितिका सदस्य सबिता भुजेल , प्रमोद श्रेष्ठ लगायतले जानकारी गराउँदै सोही दिन आगामी शृङ्खलाको निम्तो समेत गरेका थिए ।

Facebook Comments

Leave a Reply