ए साहिंला ! हामी सिरानतलामै चढ्नुपर्छ ! (कविता)

– नाकारा

ए साहिंला !
यो देश ‘हाम्रो’ बनाउन
कति करायौं हगि !?
तर अहिले यो दुनियांमा
खै कता लगे हाम्रो आवाज !?
कति उचाल्यौ खुकुरी, भाला र तरबारहरु !
हाम्रो आफ्नै छोराछोरिहरुलाइ
कति बोकायौं गोलि र बारुदहरु !
तर यो दुनियांमा
खै कता गायब गरे
हाम्रा पाखुरा र गोडाहरु !
कता लगेर पोले
हाम्रा केटाकेटिका अनुहारहरु !?

ए साहिंला !
हामिले नै हैन ?
अँध्यारो चिर्न
लाल्टिन बालेको !?
अहिले कुन हुरि आयर उडाइ लग्यो !?
हामिले नै हैन ?
बत्तिमा पटकपटक मट्टितेल थपेको ?!
अहिले को किर्णा पसेर सलेदो चुस्यो !?

ए सहिंला !
तिमि र म नै हो नि !
सन्सार सुन्दर पार्ने झोलामा
सामल भरिदियको ?!
रुखो असिना झरिमा
हाम्रो बस्ती जोगाउन
ओत बनिदियको !?
दुस्मनको भिरमा चिप्लिन खोज्दा -एउटा यात्रा
हामी नै हैन टेका बनिदियको !??

तर, अहिले यो दुनियांमा
के नाटक भैरहेकोछ ?
तिमिले बुज्दैछौ साहिंला ???

अब यहाँ कुनै भावनात्मक सन्बधको काम छैन
अर्को याम नपर्खौं –
मैन बत्ती भयर बल्न

पर्ख , हेर र गर
भन्दाभन्दै
हाम्रो मुटु फेरि निचोर्न आटिसके
हाम्रो स्वास फेरि निल्न आटिसके
सिरानतलामा बस्नेहरुसङ्ग
स्पस्ट हिसाबकिताब गर्न
सडकमा उफ्रेर के काम !?
ए सहिंला ! अब हामी सिरान तलामै चढ्नुपर्छ ।!

Facebook Comments

सम्बन्धित

Leave a Comment