कलेज जाँदै गरेकी छात्रामाथि बलात्कारको प्रयास गर्ने पक्राउ

खोटाङ, ८ फाल्गुन । कलेज जाँदै गरेकी एकछात्रालाई जबरजस्ती करणी गर्न खोज्ने जिल्लाको सुदुर उत्तरी गाविस बाकाचोल – ७ का ३० वर्शिय मिनबहादुर पुरी पक्राउ परेका छन् ।

छिमेकी गाविस ऐंसेलुखर्कस्थित त्रिभुवन माविमा अध्यानरत छात्रालाइ बाकाचोल र ऐसेलेखर्कको सिमानामा पर्ने छेर्लुमा ढुङ्गाको भिरमा साथिलाई पर्खिरहेको बेला पुरिले भेटी जबर्जस्ती करणी गर्न खोजेको पिडित छात्राले बताएकी छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई जबरजस्ती करणी गर्न पुरीले लछारपछार गर्दैगर्दा स्थानीय तीन जना आएर उद्धार गरेका प्रहरीले जनाएको छ ।

स्थानीयको उद्धारपछि घर फर्किएकी छात्राले इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा दिएको उजुरीको आधारमा पुरीलाई सोही दिन पक्राउ गरिइएको थियो । इलाका प्रहरी ऐसेलुखर्कले फागुन ६ गते जिल्ला पठाए पनि पिडित छात्रले सात गते मात्र जिल्ला प्रहरी कार्यलयमा जाहेरी गरेकी छिन । आरोपित पुरी पक्राउ पर्नासाथ उनका आफन्तले मिलापत्र गराउन प्रहरीलाई दवाव दिइरहेको समेत स्थानीयले बताए । पीडित युवती स्वास्थ्य परीक्षणका लागि शनिबार जिल्ला अस्पताल दिक्तेल आएकी छन् । पिडित छात्रा बाकाचोल माउली बसेर ऐंसेलुखर्कस्थित त्रिभुवन माविमा अध्ययन गर्दै थिइन ।

Facebook Comments

सम्बन्धित

Leave a Comment