मंगाेल : मानवशास्त्रीय अध्ययन

बिचार, समाज

बलदिप प्रभाष्वर चाम्लिङ
८ औं शताब्दीमा चीनकाे ताङवंशीकालमा शिवेजातिलाई मंगाेल भनिन्थ्याे । तर पछि १३ औं शताब्दीमा विजेता चंगेज खाँकाे अधिनमा रहेका सारा समुदायलाई मंगाेल शब्दले पुकारिन थालियाे ।

मानवशास्त्रीय अध्ययनकाे सुरूवात पश्चिमा मुलुकमा भयाे । मानवकाे उत्पति र विकासकाे अध्ययन गर्न शारीरिक संरचनाकाे आधारमा मानवलाई वर्गीकरण गरियाे । गहुँगाेराे, बाटुलाे र चिम्सा नाक हुनेहरूलाई मंगाेलाईड नश्ल वर्गमा राखियाे । उनीहरूले यस्ता शारीरिक विशेषता भएकालाई हालकाे मंगाेलिया देशकाे जनताकाे मापदण्डमा राखेर वर्गीकरण गरे किनकि पश्चिमा मुलुकले गुहँगाेराे, बाटुलाे र चिम्सा नाक भएका मान्छेहरूमा सबैभन्दा पहिले मध्य एसियाका मंगाेललाई नै देखेका थिए । इतिहासमा मंगाेलकै दबदबा थियाे । यस्ता अनुहार भएकाहरू जति सबै मंगाेलकै काेटिमा राखियाे ।

किरात र मंगाेल

मानवशास्त्रीय अध्ययनकाे वर्गीकरणमा नेपालका किरातहरू मंगाेल(मंगाेलाइड) नै हाे । तर उत्पति र विकासकाे आधारमा किरातीहरू मंगाेल हाेइन । मंगाेल भनेकाे मध्य एसिया तथा मंगाेलिया देशका जनता हाे । मंगाेलकाे अर्थ फिरन्ते तर बहादुर जाति हाे ।

सबै चिनीयाँ जनताहरू आफूलाई मंगाेल भन्न रूचाउदैनन् । मंगाेल भनिमाग्न अपमानित ठान्छन् । तर चीनमा पनि मंगाेल जाति रहेकाे हुँदा उनीहरूकाे अस्तित्वकाे लागि छुट्टै स्वयत्त क्षेत्र निर्धारण चीन सरकारले गरिदिएकाे छ ।

नेपालका किरातहरू मध्य एसिया तथा मंगाेलियाबाट उत्पति र विकास भएर यता आएका हुन् वा यताबाट उता गएका हुन भन्ने कुरा अध्ययन कै विषय छ ।

अमेरिकी र नेपाल सरकारकाे संयुक्त पुरातात्विक अनुसन्धानलाई नेतृत्व गर्ने जे एज हचिसनले बुट्वलकाे तिनाउ नदीकाे किनारामा भेटिएकाे मानव वंगराकाे अध्ययन गर्दा याे १ कराेड १० लाख वर्ष पुरानाे भएकाे तथ्य पत्ता लाग्याे । याे वंगरा रामापिथेकस मनवकाे थियाे । रामापिथेकस भनेकाे उही बाटुलाे मुहार र थेप्चाे नाक भएकाे मानव हाे । यसलाई मानवशास्त्रमा मंगाेल नश्लकाे मानव भनिन्छ ।

किरातहरू करडाैं वर्ष अगाडि यही भूमिमा थिए । ८ औ शताब्दी तिर मध्य एसियामा देखिएका फिरन्ते मंगाेलजातिलाई वंश ठानेर हामी किरातीहरू आफूलाई मंगाेल भन्न कति हजम हाेला ?

नाेट: मानवशास्त्रकाे अध्ययनकाे आधारमा अहिलेका मंगाेल, चिनीया, जापनिज र किरातकाे नश्ल एउटै हाे तर जातीय विकास र इतिहास फरक हाे ।

Facebook Comments

Leave a Reply