चिनिया वैज्ञानिक तु युयुलाई नोबेल पुरस्कार

२०७२ असोज १९ गते,

मलेरिया रोगको उपचारको नयाँ औषधि पत्ता लगाएकी चिनिया वैज्ञानिक तु युयुले नोबेल पुरस्कार प्राप्त गरेका छन् ।touh

नोबेल पुरस्कार विजेता चिकित्सा शास्त्रका तीन मध्ये  युयु एक थिइन् । उनले पत्ता लगाएको आर्टेमिसिनिनका कारण विश्वमा औलो रोगबाट हुने मृत्युको दरमा निकै कमी आएको नोबेल समितिले जनाएको छ ।

परजिवीका कारण हुने संक्रमणसँग जुध्न महत्वपूर्ण खोज गरेबापत चिनिया, जापानी र आइरिस वैज्ञानिकहरुलाई चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । यो वर्ष चिकित्साशास्त्र तर्फ ३ जना वैज्ञानिकले नोबेल पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै आयरल्याण्डका विलियम सी क्याम्पबेल तथा जापानका सातोशी ओमुराले गोलो जुके परजिवीबाट हुने संक्रमणको उपचारमा नयाँ औषधि पत्ता लगाए बापत नोबेल पुरस्कार दिइएको हो । उनीहरुले गोलो जुकाको उपचारमा प्रयोग हुने एभरमेक्टिन औषधि पत्ता लगाएका थिए ।

लामखुट्टेले सार्ने औलो रोगबाट विश्वमा हरेक वर्ष झण्डै साढे ४ लाख मानिसको मृत्यु हुन्छ भने करोडौँ मानिसहरु मलेरियाबाट संक्रमित हुने गरेका छन् ।

चिकित्सा शास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त ३ वैज्ञानिकले कुल ९ लाख अमेरिकी डलर रकम प्राप्त गर्नेछन्

Facebook Comments

Related posts

Leave a Comment