अन्तिम संस्करण … (कविता)

अरुणिमा, कविता

– बिमन किरात

—————-

निर्दोष गूलाफ !
भ्यालेन्टाईन डे को अनुहार मा झुन्ड्याएर
औईलायो एउटा प्रेम !

बिख्यात आधुनिकता ओकलि रहेको
डिजिटल भट्टि पसलमा
धुवॉ र कक्टेल को बगलमा
रेडलाईट दर्शन शास्त्रको महा मेला सके पछि
हतार हतार किने कि हू,यो रातो गूलाफ ।

लेट नाईट जूनलाई हेरेर
रोई सके पछि स
सम्झेकि हू प्रिय मन को मान्छेलाई ।

छोएर गूलाफ का निर्दोषताहरू
मुस्काकि हूँ,सम्झेर पहिलो भेटको निर्मलताहरूलाई।
तर
बॉच्नू को अर्थ मा,
जीन्दगी बेचेर ‘मन’ नबेचे कि घामले
जब आफ्नै प्रेम बिक्री भएको हेरे पछि अध्यारा ‘डमी’हरूसगँ
उभिए कि हू आफ्नै प्रणय को खिलाफ।।
.. बिवसता को स्टेज मा
आफैलाई टूक्क्रयाएर उच्छिङृखल संगिनहरूले
च्यातेकि हूँ लाज का लाल पुर्जाहरू …
र डामे कि हूँ पैसाले कोमल अङ्गहरू।

जिन्दगी को गूडमै ,अभाव९पुजीवाद० को झरी परे पछि,
मैले नैतिकता लाई टॉगेकि हूँ दोबाटो मा होडिङ बोर्ड बनाएर ।।
बॉच्नू र मर्नू को ग्राफ मा कोरेर रहरहरू को अनुहार
भर्न खोजेकि हूँ रङहरू आफू ,आफै मा निष्कासित भएर ।
मान्छे मुल्यमा।।मैले ,
वर्जित चाहाना को बगैचा भित्र
संगालेर राखेकि हूँ एउटा निर्मोही सपना …।

रहस्यको छायॉ मा कति बजाउनू एकोहोरो आलाप।
अपहरण मा परेको मिलन लाई
फर्किने अनुरोध हरू का पत्र नदिसगै बगाई पठाउला।
तिम्रो अनुपस्थिति मा भीरै भीर यो निरर्थक यात्रा !
अवरोध को आशुँ रेटिए पछि दिलमै सालिक बनाउला।
फलाक्दै प्रेम को रिचारमुन्दुम म जाने छू जून को देश,
बनाउने छू ताराहरू जोडेर प्रेमिल घर
जहाँ तिम्रो दरबार सजाउला ।

मेरो अनुपस्थित मा
तिम्रो कार्यभार,
निचोरेर फाल्नू :-सबै क्लेशहरू को बगर
छेपारे माया को नाटक र विश्वासघाति हरू को शहर
उडाई छाड्नू सधोका मा अल्झेरहेको जिवन(पञ्जिकाहरू।।
बूझाई आउनु प्रेततात्माहरूलाई ,प्रेम को पुण्य ,रूप को रहस्य,
अनि माटोमै बिसाई जाने अनुहार ।

… सुन !
जिवन र मृत्यु बिच ,अवश्य हिसाब बराबर हूने छ !!

तिम्रै अहमको खातिर
नाचेकि हूँ नसा को बेलि डान्स।।
सुँघे कि हूँ सिनोको अङ ,अङ।
मेटाएकि हूँ प्यारालाईसिस मष्तिक को तिर्सना।।
तर ,
तिमीले मानवता र दानवता को मुखुण्डो
ओढेर बार बार ,
अग्नि परीक्षा लिए पछि।।
हारेकि हूँ
विश्वास को पोसो सगँ ।

..खैर,प्रसंग रअप्रसंग श्वास फेरि रहने
यो कविता को अन्तिम अन्तरा अक्षर
पैतालाले किचि जाऊँ …
यहि रोकेर दुर्घटित रातका कथाहरू
बिसाउ चाहन्छू यौवन को झोला ..
ओ,मेरो प्रिय रहर आऊँ ..
आऊँ ,ओ मेरो यौवन,ओ मेरो सपना
ओ मेरो सुरू र अन्त्य ..
ओ मेरो भ्यालेनटाईन ..
अन्तिम पटक आऊँ …
म ,मेरा पेवा घाउहरू को झण्डा तिमीलाई देखाउ चाहन्छू ..

कि, यहॉ बाट उता
यस्तो नहोस …।
प्रेम को संसार प्रेम भन्दा उता हूदैन ,प्रिय!
आऊँ .. छामेर हेर मलाई…
अन्तिम संस्करण रूमानि हॉसो,
गुलाफकै कॉडा मा खिलेर …
तिमीलाई ह्यापि भ्यालेन्टाई भन्नु छ ..
‘म’ बॉच्नू को सिमा बाट वेपत्ता हूनु छ ..!

Facebook Comments

Leave a Reply