रेडियो लाङटाङ तेश्रो बर्षमा प्रबेश

समाचार

काठमाडौं, १ फागुन । रसुवा जिल्लामा प्रशारणमा रहेको जिल्लाकै पहिलो सामुदायिक रेडियो लाङटाङ आजवाट तेश्रो बर्षमा प्रबेश गरेको छ । रसुवा जिल्लाको स्थानिय गैर सरकारी संस्था पर्यटन बिकास तथा संचार केन्द्रद्वारा संचालित रेडियो लाङटाङ ९०थोप्लो ३ मेघाहर्ज तेश्रो बर्षमा प्रबेश गरेको हो ।

यो उपलक्ष्यमा रेडियो संचालक समितिका कार्यबहाक अध्यक्ष जितेन्द्रमान श्रेष्ठले आज एक बिज्ञप्ती प्रकासित गर्दै छोटो अवधिमै कायम गरेको रेडियोको लोकपृयतालाइ कायम राख्न स्थानिय एवं नुवाकोट , धादिङलगायतका श्रोताको माग अनुसार नयाँ खालको कार्यक्रम पस्कने बताउनु भयो ।

कार्यबहाक अध्यक्ष जितेन्द्रमान श्रेष्ठले जारी बिज्ञप्तीमा भनिएको छ , “हामीलाई भुगोलको हिसावले रसुवा नुवाकोटकैे सर्वश्रेष्ठ सामुदायिक रेडियोको रुपमा उचाइमा पु¥याउन सधैं हामीसगै रहेर पलपलमा साथ दिइरहनुहुने रेडियोका संस्थापक सदस्य , बिज्ञापन दाता ,श्रोता हाम्रो मुख्य उचाईको सहयात्री रहेनु भएको छ । अबका दिनमा पनि तपाईहरुले दिनुहुने सकारात्मक सुझाव, सल्लाह र सहयोगले हाम्रो गन्तव्यको यात्रा सुनिश्चित बनाउनेछ ।” जानकारीमूलक कार्यक्रमय लागि दैनिक सात घण्टा १५ मिनेटको समयसमेटदै आएको रेडियो लाङटाङले स्वच्छ मनोरञ्जनको लागि दैनिक तीन घण्टा गीत संगीत प्रशारण्ँ गर्दै आइरहेको छ । राष्ट«िय खबर देखि विश्वभरका गतिबिधि समेट्नको लागि एफएम ले दैनिक १७ घण्टाको समय सिआइएन र रेडियो राजमार्ग मा प्रशारण्ाँका समाचारलाई जोड्दै आइरहेको छ भने सूचनामूलक कार्यक्रमहरु दैनिक प्रशारण्ाँ गर्दै आइरहेको छ । तेश्रो वर्ष प्रवेशको अबशरमा रेडियो लाङटाङका कार्यबहाक अध्यक्ष जीतेन्द्रमान श्रेष्ठले समुदायकै एक हिंसा बनाउन र आम नागरिककको दैनिक जनजीवनमा जोड्नका लागि प्रयास गरिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

यसै बिच तेश्रो बर्ष प्रबेशको अबसरमा शुभकामना दिदै संचालक समितिका सचिव गीता न्यौपानेले आगामी दिनमा रेडियो लाङटाङले देस संघियतामा प्रबेस गरेको अवस्थामा सफल बनाउन बिशेष कार्यक्रमका साथै देशमा स्थानिय प्रतिनिधि नभएको अबस्थामा प्रशासनिक निकायमा हुने ढिला सुस्ती, शैक्षिक क्षेत्रको सुधार, एवं सामाजिक विकासको लागि छुवाछुत, वृद्घासेवा तथा बाल अधिकारका विषयमा आवाज घन्काउदै अझ सशक्त कार्यक्रम ल्याउने बताउनु भएको छ । यसै बिच रेडियो लाङटाङको मातृ संस्था पर्यटन बिकास तथा संचार केन्द्रका अध्यक्ष नारायणचन्द्र सुवेदी जो अध्यनको सिलसिलमा अमेरिकामा हुनुहुन्छ उहाले बिज्ञप्ती मार्फत रेडियो लाङटाङका संस्थापक सदस्य , बिज्ञापन दाता ,श्रोता ,कार्यक्रम सामाग्रीहरु उत्पादन गरेर सहयोग गर्ने सामुदायिक सूचना नेटवर्क सीआईएन, ईक्यल एकसेस, एन्टेना फाउन्डेशनले पु¥याएको योगदान पनि सराहनीय रहेको बताउनु भएको छ । यस्तै विज्ञप्तीमा हाम्रो मुख्य आयश्रोत को रुपमा रहेको सूचना तथा प्रचारात्मक सामाग्री उपलब्ध गराएर सहयोग गर्नुहुने सम्पूर्ण विज्ञापनदातालाई धन्यावाद दिनुभएको छ ।

Facebook Comments

Leave a Reply