गोर्खा भर्तीबारे सैदान्तिक पक्ष र बहस

नबिन राई लोहोरुङ

बेलायतमा ब्रिटिश गोर्खाज पुनर्बासको ब्यवस्थाले गोर्खा भर्ती बारे ठुलै बहसको बिषय बनेको छ। नेपालमा यस बारे छलफलको बिषय नठानिए पनि बेलायतमा गोर्खाज बारे गम्भिर प्रश्न उठेको थियो। गोर्खालीलाई बेलायतमा स्थायी बसोबास दिन हुने र नहुने बारे त्यहाका जनताहरु बिचमा दुई मत देखिएको थियो। धेरै जनताले ब्रिटिश गोर्खासलाई समर्थन गरेका थिए। देशको ईतिहास ‘गोर्खाली’को पसिना, रगत र बलिदानले बनेको स्विकार गरेका छन्। बिभिन्न उपाय अपनाएर यहाँको सेवा सुबिधा खाएर बसेका अप्रबासीहरु यो देशको लागि के योगदान गरेका छन्? धेरैको गुनासो थियो। केहीले भने बेरोजगारी बढ्ने र रोजगारी खोसिन सक्ने अनुमान गरेका थिए। वेष्ट मिनिस्टरमा लामो बहस र मत भिन्नताका बिच अन्तत बेलायत सरकारले ब्रिटिश गोर्खाजलाई स्थायो बसाइ अनुमती दिने निर्णय गर्‍यो ।

फेरी एक पटक गोर्खा भर्ती बारे प्रश्न उठाउन थालिएको छ। यस पटक भने नेपाल भन्दा बेलायत बढी तातियो। बेलायत ब्यापारको उपज हो। नाफा र नोक्सान हिसाबमा गोर्खाली नै उनको लागि फाईदा छ। बेलायतले गोर्खा भर्ती बन्द गर्ने सवाल त घाटाको हिसाब देखिए हुँदैन भन्न सकिन्न तर त्यसो हुने सम्भावना न्युन देखिन्छ। किनकि गोर्खाली लाई एउटा ‘ब्रान्ड’को रुपमा कायम राखीरहन चाहन्छ। ब्रुनाई र सिङगापुर लाई गोर्खाली दिए बापत बेलायतको आम्दानीका स्रोत हुन्। जब जब गोर्खा भर्तीको बारेमा तर्क उठ्ने गर्छ यो सँग जोडीएका प्रत्यक्ष र अप्रत्यक्ष पक्षहरु केलाउनु महत्वपूर्ण हुनसक्छ। गोर्खा भर्ती किन हिजो, आज र भोली?

दुई सय बर्ष लामो ईतिहास साक्षी छ गोर्खा भर्तीले नेपालको ईतिहासमा खास अर्थ राख्छ। नेपालको अर्थतन्त्र, बैदेशीक सम्बन्ध, विश्व बजारमा नेपालको पाइला, राज्यले कुनै समुदायप्रती गर्ने बिभेद महत्वपूर्ण सैदान्तिक पक्षहरु हुन्।  समय समयमा गोर्खा भर्तीका परिणामका बिषय  चर्चामा रहने भनेको   जनजातीलाई पछाडि पार्ने मुख्य रणनितिक कदम थियो भन्ने तर्क छ। यो तर्कसँग सहमत हुनेहरु नेपालको एकिकरण र त्यसले निम्त्याएका असन्तुष्टिलाई जोड दिने गरेका छन्। पूर्वमा राई, लिम्बु, र पश्चिममा गुरुङ, मगर कुनै पनि बेला राज्यका बिरुद्द बिद्रोह गर्न सक्थे ।  यो तर्क गोर्खा भर्तीमा जनजातीलाई मात्र भर्ती गराउनु राज्यको जनजातीलाई मास्ने उदेश्य हो (इन्साईडर बुझाई छ)। अर्कोथरी (आउट साईडर) बुझाई भनेको जनजाती भित्र गोर्खा भर्ती नभएको भए यी अझै पिछाडिएका हुन्थे। यो तर्क यि समुदायहरुको आर्थिक र शैक्षिक सक्षमता गोर्खा भर्तीको नतिजा ठान्छन । यो आलेखमा गोर्खा भर्तीले स्थापित गरेको नेपालको बाहिरी तथा आर्न्तरिक पक्षहरु (होमोजेनेइटी र हेटेरोजेनेइटी दृष्टिकोण) केलाउन खोजिएको छ।

तत्कालिन इष्ट इण्डिया कम्पनीले आन्तरिक बिद्रोह दबाउन गोर्खा भर्तीको सुरुवात गरेको थियो। सन १८५७ मा गोर्खाली सेनाको एउटा सानो टुकडी (जङग बहादुरले) भारतमा सिपाही बिद्रोह (सिपोइज वार) दबाउन सहयोग गरेका थिए। बैधनिकता भने वीर सम्शेरको पालामा भएको थियो। गोर्खा भर्तीको कारण लुकेको छैन, नेपाली नै किन अब्बल देखे? त्यसमा पनि सिमित समुदायका पश्चिममा गुरुङ मगर र पूर्वमा राई, लिम्बु जुन पृथ्वीनरायण शाहका गोर्खाली सेना लडाईं लडेका थिए। (वारीयार जेन्टलमेनमा काप्लनका अनुसार यि जातीहरुमा लडाकु गुण रहेको कुरा रानी भिक्टोरियाले आठारौ शताब्दीको अन्त्य र उन्नाईसौ सताब्दीमा पत्ता लगाएका थिए भनेर उल्लेख गरेका छन। दक्षिण एसिया र दक्षिण पुर्बी एसियामा आफ्नो उपनिबेश र साम्राज्य बिस्तार निती, उदेश्यमा उपयुक्त देखिए बेलायती साम्राज्यका लागि। बेलायतबाट भारत स्वतन्त्र भएपछी केही बाटलियन गोर्खाली बेलायतले लैजाने र बाँकी बाटलियन भारतको मातहतमा रहने दुई देश बिच सम्झौता भएको थियो। बेलायती गोर्खालीहरु भारत बाट मलाय (मलेसिया)मा कम्न्युष्ट द्वन्द रोक्न सन १९४८ मा खटाइए। त्यही क्रममा (१९४८-५६) मलेसिया बाट छुट्टीएर सिङगापुर छुट्टै देश बन्न पुग्यो। सिङगापुर मलेसिया बाट अलग भएपछी सिङगापुर को नेत्रित्व गरेका लिक्वानको सुरक्षा गोर्खालीले गरेको थियो। यो कुरा लिक्वानले आफ्नो किताबमा उल्लेख गरेका छन। सन १९६२ मा गोर्खाली हरुलाई ब्रुनाइको ब्रिद्रोहलाई दबाउन र इन्डोनेसियाको प्रभाबलाई न्युन गर्न ब्रुनाइमा लगियो। र चीनमा भएको सास्कृतिक क्रान्तिलाई मध्य नजर गर्दै गोर्खालीलाई हङ्गकङको आन्तरिक सुरक्षाका लागि सन १९९७ सम्म खटाइए। सन १९९७ पछी हङकङ बेलायतले सम्झौता अनुसार चिनलाई हस्तान्तरण गर्यो। यसरी दक्षिण पुर्बी एसियामा बेलायतको एक सय पचास बर्ष लामो उपनिबेशको अध्याय अन्त्य भएको थियो।

गोर्खालीको समस्या सधैं आलो घाऊ झै चर्किरहन्छ। संसार जितेका गोर्खाली आफैसँग हार्न वाध्य छन। गोर्खालीको मुद्दा उठ्न नपाउदै त्रिपक्षिय सन्धी अन्कुस लाउने प्रयास गरिन्छ। सोझो अर्थमा बुझन सकिने तथ्य भनेको के हो भने हजारौ गोर्खालीहरु खाली हात फिर्ता पठाइएका थिए, यिनीहरु न सन्धी न सम्झौताको धारा अनुसार यस्तो बेबारिसे पारिएका हुन। संसारको ईतिहासमा दुई ठुला विश्व युद्दमा भाग नलिएका राष्ट्रका मारिएका नागरिक भनेका नेपाली थिए, ती गोर्खाली थिए। त्रिपक्षिय सन्धी भन्दै गर्दा बेलायतले सिङगापुर र ब्रुनाइलाई गोर्खाली सेना नेपालबाट पठाउने गर्छ। यो कुन पक्षीय सन्धी अन्तर्गत भएको हो? यो त राज्यको गैरजिम्मेवारीपन र बिभेद हो।

दुई सताब्दीले विशेषगरी जनजाती ब्रिटिश सेनामा भर्ती हुने परम्परालाई स्थापित गरेको छ। भुगोलको नामबाट रहेको गोर्खाली, पछि पहाड बसोबास गर्ने मङगोल जाती (जो जन्मदै लडाकु गुण) भनेर आफ्नो अनुकुलमा ब्य्याख्या हुँदै आएको छ। मिसेल फुको, (१९८२) ले भनेका छन् ‘राज्यले आफ्नो अनुकुलतामा नागरिकका गुणलाई बदल्छ र आफ्नो अनुकुल ब्याख्या गर्छ’। गोर्खा भर्तीको स्वरुप, बुझाई फेरिएको छ। हिजो गोर्खा भर्ती गराउनेहरु अब के गर्ने भनेर हिसाब गर्दै छन् हिजो वीर गोर्खाली, बहादुर भन्नेहरु आज किन हामीलाई गोर्खाली चहियो भन्नेर प्रश्न गर्न स्वाभाविक हो। गोर्खालीहरु त फाईदामा उपयोग गरिएका मात्र हुन्, यसमा आश्चर्य मान्नु पर्ने ठाउँ देखिदैन।

सकेसम्म नेपालले पनि गर्ने त्यही हो। अर्को आश्चर्यमा पर्न नहुने तर बडो आश्चर्य नेपाल कहिलै पनि गोर्खालीहरु पक्षमा  थिएन, छैन र भबिष्यमा पनि देखिदैन। नयाँ ब्यबस्थाले फरक खालको इच्छा हुन  प्रकट थालेको छ। हिजो अरुलाई भर्ती हुन पठाउँथे आज हामी किन हुन नपाउने एउटा हो भने गोर्खा भर्ती बन्द गर्नु पर्छ भन्ने आवाज भुतपुर्व गोर्खा सैनिकहरु अर्को। आजको युगमा गोर्खाली भनेर बन्दुक र खुकुरीले मात्रै चिनिदैनन इमान्दार र मेहनती भनेर संसारका आँखामा गोर्खालीको पहिचान छ। नेपाललाई विश्व सामु चिनाउने गोर्खालीले गरेका हुन। गोर्खाली विश्वको ईतिहास हो मेटाउन खोजेर मेटिन सम्भब छैन बरु आफ्नो अधिकार प्राप्तका लागि संगठित हुनुको अर्को बिकल्प छैन। एउटै निशाना ‘दुश्मन’ मार या मर संसार जितेको गोर्खालीहरु आपसमा छुट र फुटले दु:खद का साथ भन्नु पर्ने हुन्छ, के गोर्खाली बहादुर नै हुन्?

हामी महाभारतको कथामा वर्णित एकलव्य हौ।

प्रत्येक पिढीको द्रोणचार्यले हामीलाई उपेक्षा गर्छ।

इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई

र, तर हामी तिनै द्रोणाचार्यको मुर्ती बनाउछौ

आफ्नो झुप्रो अगाडि त्यसलाई पुझ्छौ,ढोग्छौ।

निरन्तर धनु विद्याको अभ्यास गर्छौ

 – भुपी शेरचन

Nabin_rai9@yahoo.com

वानेश्वर सामुदयिक क्याम्पसमा अध्यापन

(Esamata.com बाट साभार) 

Facebook Comments

सम्बन्धित

Leave a Comment