२१सौं बालसाहित्य प्रवर्द्धन सम्मान ०७३/७४ को घोषणा

अरुणिमा, समाचार

एबिसि खबर । काठमाडौं ।

कविताराम बालसाहित्य प्रवर्द्धन अनुष्ठान, बालमंच, नेपालले ०७३/७४ सालको २१सौं बालसाहित्य प्रवर्द्धन सम्मान बालसाहित्यकार तथा अनुसन्धानकर्ता प्रा.डा. श्री शैलेन्दुप्रकाश नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी यसै सालको बालसाहित्य प्रवर्द्धन कदरपत्र नेपाल बाल साहित्य समाज र बालप्रतिभा पुरस्कार प्रवीणा खड्कालाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त सम्मान कार्यक्रम २०७३ साल फाल्गुन ७ गते स्वर्ण शिक्षा इ.मा.वि. गोकर्णमा हुने समेत निर्णय भएको छ ।

०२९, मंसीर २९, कटुन्जे भोजपुरमा जन्मनुभएका साहित्यकार प्रा।डा। शैलेन्दुप्रकाश नेपालका गीतिकाव्य ४, खण्डकाव्य ४, महाकाव्य ३, उपन्यास २, समालेचना ४, पाठयपुस्तक ८ र बाल साहित्यमा ५ गरी जम्मा ३१ पुस्तकहरू प्रकाशित छन् । उहाँ हाल नेपाल बाल साहित्य समाजको उपाध्यक्ष हुनुहुन्छ तथा पद्यमकन्या क्याम्पसमा सहप्रपाध्यापक हुनुहुन्छ । उहाँले हालसम्म २१ वटा मान, सम्मान तथा पुरस्कारहरू प्राप्त गर्नुुभएको छ । बालसाहित्य प्रवद्र्धनमा विशिष्ट योगदान पुर्याएबापत कदरपत्र प्राप्त गर्ने नेपाल बाल साहित्य समाज २०४४ सालमा स्थापित भएको थियो । वाल प्रतिभाको रुपमा पुरस्कृत हुनुहुने प्रवीणा खड्का हीमशिखा एकेडी, नयाँपाटी, काठमाडौँमा ९ कक्षामा अध्ययन हुनुहुन्छ ।

डा. कविताराम श्रेष्ठद्वारा ०५४ मा स्थापित यस अनुष्ठानले यसअघि २० जना वरिष्ठ साहित्यकारहरू, २२ वटा सँस्थाहरू र २३ जना बालप्रतिभाहरूलाई सम्मान एवम पुरस्कार प्रदान गरिसकेको छ । सम्मानित साहित्यकारहरूमा श्री शान्तदाश मानन्धर, डा। चुडामणि वन्धु, श्री रमेश विकल, श्री स्यामप्रसाद शर्मा, श्री जनकप्रसाद हुमागाईँ, श्री कृष्णप्रसाद पराजुली, श्रीमति देवकुमारी थापा, श्री दुर्गालाल श्रेष्ठ, श्री भिक्टर प्रधान, श्री विश्वम्भर चंचल, श्रीमति शारदा अधिकारी, श्री परशु प्रधान, श्रीमती कल्पना प्रधान, श्री के. के. कर्माचार्य, श्री विजय चालिसे, श्री तेजप्रकाश श्रेष्ठ, श्री कृष्णप्रसाद दुवाल, श्री वासुदेव मुनाल र श्री ध्रुव घिमिरे हुनुहुन्छ ।

कदरपत्र प्राप्त गर्ने सँस्थाहरूमा बासु मावि भक्तपुर, बुढानीलकण्ठ काठमाडौँ, हिन्दुविद्या पीठ काठमाडौँ, शुभतारा स्कूल ललितपुर, नोबल एकेडेमी काठमाडौँ, चितवन इआ मावि भरतपुर, रुम टु रीड काठमाडौँ, रीड नेपाल काठमाडौँ, सीवीन काठमाडौँ, रत्नपुस्तक भण्डार काठमाडौँ, भोलीको नेपाल टिभि कार्यक्रम काठमाडौँ, टेम्पस इन्टनेशनल ९क्यानाडा० र बालसाहित्य प्रवद्र्धन केन्द्र वा बाल संसार काठमाडौँ, श्री जगत् सुन्दर बोने गुठी, श्री महाङ्काल मावि, श्री ऐरावती प्रकाशन, श्री इलोहँ पत्रिका, श्री बालोद्यान पत्रिका काभ्रे, श्री एकता प्रकाशन, श्री अछयज्ञान बालपत्रिका, र श्री रातो बङ्गला किताब छन् ।

त्यस्तै बालप्रतिभाहरूमा झमक घिमिरे, विभूति सिँह, निरज बलामी, रश्मी आमात्य, श्लेष्मा क्षेत्री, अस्मिता पन्थी, उदेश पाण्डे, अन्जना राजवंशी, नीभा शर्मा, विनया बस्नेत, प्रतिभा खालिंग, श्री भिक्टर सापकोटा, श्री अपूर्व न्यौपाने, सुश्री सरिता अधिकारी, सुश्री सरिता अर्याल, सुश्री विज्ञता कार्की, सुश्री ज्वाला ढकाल, सुश्री अनिशा खड्का, श्री सुशान्तमान सिंह मास्के छन् ।

Facebook Comments

Leave a Reply