किरात रष्ट्रिय मुक्ती मोर्चाको सम्मेलनको तयरी पुरा

राजनीति

खोटाङ, १६ पुस । किरात राष्ट्रिय मुक्तिमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको  तयारी पुरा भएको जनाइएको छ । मोर्चाले खोटाङ जिल्लामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल हुन गईरहेको मार्चाको चौथो राष्ट्रिय सम्मेलनलाई माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा पुर्व रक्षामन्त्री रामबहादुर थापा बादलले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
किरात राज्य निर्माणको अभियान रहेको मार्चाको यो सम्मेलन आगामि दिनामा किरात राज्यको सुनिश्चितताको लागि आन्दोलनलाई शशक्त एवं घनिभुत रुपमा परिचालन गर्ने सम्मेलन आयोजक समितिका संयोजक दुर्गा राई जानकारी दिएकी छन् ।
सम्मेलनमा विभिन्न जिल्लाहरुबाट प्रतिनिधीहरु आउने क्रमजारी रहेको भन्दै उनले माझ किरातको मुटु मानिएको खोटाङमा सम्मेलन गर्न पाउनु अहोभाग्य रहेको बताईन् ।

Facebook Comments

Leave a Reply