असन्तुष्ट समुदायको आवाजलाई समेटन् संविधान शंसोधन ः बादल

भिम राई
खोटाङ, १६ पुस । नेपालमा संविधानको घोषणासँगै व्यापक रुपमा उठेको असन्तुष्ट समुदायको आवाजलाई समेटेनको लागि संविधान संशोधनको प्रस्ताव अगाडि सारिएको माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा बादलले जानकारी दिएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला शाखा खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले अहिलेको राष्ट्रिय एकतालाई दरिलो बनाउन र सबैले संविधानको  स्वामित्व लिनपनि संविधान संशोधनको आवश्यकता रहेको बताए ।
उनले भने, ‘राष्ट्रियतालाई दह्रो बनाउनकै लागि भएपनि संविधान संशोधन अनिवार्य रहेकाले यो कुनै दलविशेषको प्रस्ताव नभई राष्ट्रिय सवार्थसँग गाँसिएर आएको प्रस्ताव हो ।’ प्रस्तावले सबै विषयलाई समेटन सहयोग पुगेको छ भन्दै उनले अहिले प्रतिपक्ष दलले गरेको विरोध तथा संसद अबरोधको कुनै तुक नभएको तर्क गरे । उनले भने वर्तमान राजनीतिक गतिरोधको अन्त्य गर्नकालागि बर्तमान सरकारले संविधान शंसोधनको
प्रस्ताव संसद सचिवालयमा रहेको छ । प्रतिपक्ष दलको निरन्तर संविधान सभा अवरोधका कारण संसदको बैठक बस्न नसक्दा  प्रस्ताव उपर कुनै छलफल नभएको बेला उनले एक हप्ता भित्र सबै राजनीतिक दलहरु बिच सहमती नभएमा सरकारले टेबुल गर्ने बताए । ‘प्रतिपक्षले लोकातान्त्रिक ढंगले संसद अवरोध राख्नु देशलाई अनिनिर्णयको बन्दीमा पार्नु हो’ उनले भने, ‘एक हप्ता भित्र सहमती नभए सरकारले पनि लोकतान्त्रिक विधिबाटै प्रतिपक्षलाई क्रस गर्ने छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment