म अधर्मी होइन बिधर्मी हुँ :डा. कविताराम श्रेष्ठ

बिचार

काठमाडौं, ६ पुस ।

त्यसो त जन्म र पालनपोषणबाट प्राप्त संस्कारले म हिन्दु हुँ तर विशेषगरी नेपाल र भारतका हिन्दुहरूमा भइरहेको जातपातको उचनीच र छुवाछुत, भाग्यबाद, पारलौकिक देउता, स्वर्ग, नर्कको अन्धआस्था, अनि पुरोहीतबादी कर्मकाण्डको कट्टर विरोधी हुँ। यसो हुँदा सायद् म हिन्दु नै रहन्न तर त्यसै हो भने पनि मलाई कुनै दुःख मनाऊ छैन।

म भौतिकबादी हूँ नै। नेपाल भूमीकै बिभूति गौतम बुद्धद्वारा प्रतिपादित लौकिक धर्म बुद्ध धर्मको ह्रदयदेखि नै म क़ायल छु। बुद्ध धर्मको सम्यक् आचरण क़ुनै पनि उदार धर्ममा फीट खान्छ नै।त्यसैले यसधर्मका प्रतिपादक बुद्ध हिन्दुहरूका नऔं विष्णु अवतारमा पूजित छन। तर विडम्बना यो छ कि हिन्दु धर्ममा बुद्धले सिकाएको उदारता भित्रिएन। यति भन्दा भन्दै मेरो धर्म यथा राख्नु वा परिवर्तन गर्ने भन्नेसंग यसले कुनै सरोकार मने राख्दैन। जन्मले हिन्दु भएको नातामा कताकतै धर्म देखाउनु पर्ने औपचारिक आवश्यक हुंदो र छ र हिन्दु भनेर जनाऊँछु नै तर धारणाले त म पूरै बुद्धिस्ट छु। धर्म भनेको धारणाको क़ुरो भो त्यो गरेकै छु । मलाई कतैबाट रोकटोक छैन। देखाऊनकै लागि परिवर्तन बेअर्थी लाग्छ। त्यसैले म त्यो काम गर्दिन नै। औपचारिकता मा हिन्दु अनि धारणामा बुद्धिस्ट अलि अनर्गल लाग्छ होला तपाईलाई। तर अझ बढ़ी अनर्गल त तपाइँलाई त्यसबेला लाग्ला ज़ुन बेला न भन्छु की मेरो धर्म नै छैन।

केही पंडितले मलाई यसै कुरामा पागल वा अधर्मी भनेका अवस्था पनि भो। तर म स्पष्ट छु- मलाई बाँध्ने धर्म मलाई चाहिएन। बुद्धले दिएको ज्योति बाल्ने हो त्यो उज्यालोमा स्वच्छन्द सीमाहीन अघि बढ्ने हो।

धर्म त आगोको पनि छ, पानीको पनि छ, हर जीब निर्जीबको आफ्नै प्राकृत धर्म छ। यस हिसाबमा मान्छे धर्महीन छैन नै। रहन सक्दैन। तर त्यो धर्म मान्छे आफैले काग़ज़मा बनाएको धर्म भने होइन। मान्छेले अरू कुनै पनि जीव नीरजीवले नपाएको बुद्धि पाएको छ।त्यही बुद्धिको उपयोग नै मान्छेको धर्म हो। कुनै एक धर्मको अनुयायी बन्दै वा धर्म परिवर्तन गर्दै पनि हामी जानी नजानी त्यही बुद्धिकै धर्मको उपयोग गरीरहेका हुन्छौं। जब यो कुरालाई बुझ्छौं र आत्मसात गर्छौं तब हामी अप्राकृतिक मानब निर्मित धार्मिक भ्रमबाट मुक्त भएका हुन्छौं। मेरो सुझ हो यो र यसपछि मान्छेले आफ्नो ज्ञानको ज्योति बालेर अघि बढ्ने हो। म यही गर्दै छु।

-डा. कविताराम श्रेष्ठ

Facebook Comments

Leave a Reply