समाज सुद्विकरणमा ‘ल्याप्चे’ टेलिसिरियल

भिडियो

काठमाडौं, ३ पुस । सामाजिक सुद्विकरण अभियानमा लागेको नियमित टेलि सिरियल ल्याप्चेको ६३ औ भाग सार्वजनिक भएको छ । विगत लामो समय देखि निरन्तर एन टि भि प्लसमा प्रशारणमा रहेको ल्याप्चेको ६३ औँ भाग शनिबार प्रशारणमा आएको हो । हरेका शनिबार बेलुकी ८.३० बजे र प्रत्येक आइतबार दिनको १२ बजे ल्याप्चेको प्रशारण हुँदै आएको छ ।

सामाजिक घटनाहरुलाई जस्ता को त्यस्तै पस्कदै आएको नेपाली हाँस्य टेलिसिरियल ‘ल्याप्चे’को उत्पादन मित्र तामाङले गर्दै आएका छन् । दिलिप तामाङ ‘जुङे’को कथा तथा लक्ष्मण लम्साल ‘सुतानन्द’को निर्देशनमा यो टेलि सिरियल निरन्तर प्रशारणमा रहेको हो ।

समाज देखिने तथा समाजलाई प्रत्यक्ष असर पार्नेकुराहरुलाई चित्रण गर्दै समाज विकासको निम्ति विकृति र विसंगती माथी तिखो ब्यंग गर्न यो टेलिसिरयल प्रशारण गर्न थालिएको निर्माता मित्र तामाङले बताएका छन् । उनले समाजमा रहेका हरेक घटनाहरुलाई मान्छेले फरक हिसाबले बुझदा के असर गर्छ भन्ने सन्देश प्रत्येक अंकहरुमा कथाको रुपमा ल्याउँदै आएको बताएका छन् ।

यस्तै साना साना विषय वस्तुहरु भएपनि त्यसले समाजलाई हरेक हिसावले पछाडी पारिरहेको कथा निर्माता दिलिप तामाङ जुङेले बताए । यस सिरियललाई रेन्बो ¥याज म्युजिक प्रालिले बजारमा ल्याउँदै आएको छ ।

यो टेलिसिरयल युट्युब मार्फत ल्याप्चे टाइप गरेर शुरुको अंक देखिनै पनि हेर्न सकिने निर्देशक लम्सालले बताएका छन् ।

हेर्नुस ल्याप्चेको ६३ औं अंक

https://www.youtube.com/watch?v=di2Iy_HgCFE

Facebook Comments

Leave a Reply