संगीतमा रमाउँदै अन्जना

एक्लै बस्दा सँधै मलाई सम्झना तिम्रो आइदिन्छ, सहन नसकी आँखाबाट आँशु त्यसै झरिदिन्छ’ अरुणा लामाको स्वरमा सजिएको लोकप्रिय गीत । जुन गीतको प्रभाव र गायकीले नेपालमा अहिले उदाएका धेरै कलाकारहरू छन् । जुनबेला अहिलेका जस्ता प्रशस्त गीत सुन्नका निम्ति साधनहरू थिएनन् । जम्मा रेडियो नेपाल नै त्यस बेलाको निर्विकल्प साधन थियो । पछिल्लो समयमा अन्य साधनहरू आए । म्युजिक नेपालको स्थापना भयो बिस्तारै रिलवाला अडियो क्यासेटहरू बजारमा आउन थालेसँगै क्यासेट ल्पेयरहरू पनि भित्रिन थाल्यो ।

योसँगै संगीतको बजार विस्तार हुने क्रममा बिस्तारै नीजिस्तरमा रेडियोहरूको स्थापना भए । जसले धेरैलाई गीतसंगीतको महासागरमा तान्यो । यसरी तानिँदै आउने भित्रको नयाँ प्रतिभाहरूको लाममा पछिल्लो समयमा नयाँ नाम बनेको छ अन्जना राई । बाल्यकालमा रेडियोमा अरुणा लामा, तारादेवी, उदय मनिला, कुन्ति मोक्तान, विमला राईजस्ता नारी सिद्वहस्त गायिकाहरूको स्वर सुनेर घरको कोठाभित्र रातभर गुनगुनाउने अञ्जना संगीतमा लहसिन कै निम्ति काठमाडौं आइपुगेकी छन् । उनले संगीत मन पराएको त्यो क्षण विद्यालयका शिक्षक र सहपाठीहरूले हौसला र परिवारले प्रेरणा नदिएको भए सायद यहाँसम्म आउने जोखिम उठाउने थिइन्न् होला । उनी भन्छिन्, ‘बाल मनोविज्ञानमा नै मेरो गीत संगीतको मोह विकास भयो ।’

उनले शिक्षकहरूबाट पाएको प्रेरणा पनि निकै रमाइलो छ । ‘मैले कुनै दिन काम बिगारेमा कक्षामा सर, मिसले सजाय स्वरूप गीत नै गाउन लाउनुहुन्थ्यो’ उनले अलिकति हाँस्दै भनिन् ‘अनी म गीत गाउन नसिकेर के गर्ने गल्ती भए गीत गाउनुपथ्र्यो ।’ यस्तो उनले गीत गाउनका लागी गाउँमा बुबाको रेडियो थोत्रे बनाएको रेडियोको ब्याट्री किन्नकै लागि मस्याङ ९दाल० लगेर बुधबारे बजारमा बेचेको कथा पनि सुनाइन् । ‘घरको आर्थिक अवस्था कमजोर भए पनि आफ्नो रुचिका लागि मैलै यी सब गरेकी हुँ’ उनले सफाई दिँदै भनिन् । अहिले संगीतको डिप्लोमा तेस्रो वर्षमा अध्ययन गर्दै आएकी उनले काठमाडौंमा समेत संगीतका लागि के नै बाँकी राखिन र ?

०६९ सालमा एसएलसी दिनासाथ घरबाट संगीतको तिर्खा मेट्न काठमाडौं छिरेकी उनले सुरुमा संगीत प्रशिक्षण दिने ठाउँ खोज्न नै हप्ता दिन लगाइन् रे १ तर, जहाँ फेला प¥यो त्यहाँ उनलाई फसाइएको उनले सुनाइन् । त्यसबेला गाउँबाट संगीत सिक्ने रहरले जोहो गरेर ल्याएको पैसाले चाबहिलस्थित एउटा संगीत विद्यालयमा भर्ना भए पनि तीन महिनासम्म संगीतको कुनै छेउभेउ नै नसिकाएको उनले सुनाइन । ‘पछि पो लाग्यो यो तरिकाले त संगीत सिकिन्छ होला र रु’ उनी सुनाउँछिन्, ‘त्यहाँ मेरो केही पैसा डुब्यो ।’ यसपछि पुनः अर्को संगीत विद्यालय खोज्ने क्रममा उनले फ्युचर कल्चर एकेडमी चाबहिलमा गुरु निरास मगरको सम्पर्कमा पुगेकी बताइन् । सुरुमा त्यहाँ सिक्न गएको केही समयपछि नै उनलाई आशा पलायो । उनले त्यही निरन्तरता दिन थालिन् । उनी अहिलेसम्म त्यही साधनारत रहेको बताउँछिन् ।

संगीत सिक्न कै लागि त्यस एकेडमीमा बिहान कुचो लगाउने तथा सरसफाइलगायतको कामसमेत उनले त्यही गरिन् । संगीतको चाहाकै कारण उनले आफ्नो मासिक शुल्क कटाउने गरि मात्र भए पनि त्यहाँ काम गरेकी सुनाइन् । ‘मासिक हजार रूपैयाँ मात्र कटाउने गरी मात्र भए पनि रोजगारी गरेर संगीतलाई निरन्तरता दिएँ’ उनले भनिन्, ‘पछि अलि सजिलो पनि भयो ।’ अहिले उनी तिनै एकेडमीको अर्को शाखामा नयाँ आउने संगीतका चेला चेलिहरूलाई सिकाउनसमेत थालेकी छन् । यसवापत उनले आपैmँ घरखर्च जुटाउन सक्ने भएको बताइन् । गुरु नहुँदा कहिलेकाहीँ अर्को शाखामासमेत जाने गरेकी उनले पछिल्लो समयमा एउटा तर आशालाग्दो गीत सुनाइन्, ‘आज मलाई किन किन‘ ’ निराश मगरको शब्द र संगीतमा रहेको उक्त गीतको म्युजिक भिडियोसमेत आइसकेको छ । उनले सो गीतप्रति आशावादी रहेकोसमेत जनाएकी छन् ।

अहिले पनि गुरुसँग एक समय गायनमा साधनारत रहेकी उनले संगीतलाई अझै बुझ्नै बाँकी रहेको बताएकी छन् । संगीतको बारेमा छोटो प्रतिक्रियामा उनले भनिन्, ‘संगीत महासागर हो । सिकेर पौडिन सके पारि पनि पुगिएला आधा मात्र जानेर हाम फाल्यो भने बीचमा दुर्घटना पनि हुन सक्छ । उद्वार गर्नेहरू भेटिएन भने मर्न पनि के बेर ।’ संगीतलाई आफ्नो जीवनको अनिवार्य शर्त बताउने उनले भविष्यसमेत यसै उज्यालो रहेको महसुस गर्न सबैको साथ सहयोगको अपेक्षासमेत गरेकी छन् ।

प्रस्तुति ः भिम राई

गीत यस्तो छ ….


Facebook Comments

Related posts

Leave a Comment